IMG-LOGO

हनि ट्र्यापमा पारेर ४ करोड असुली

 मंगल, चैत २४, २०८२  – टाइम्स समाचारदाता 


    जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले तुल्सा अधिकारीसहित १० जनाविरुद्ध  सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा मुद्दा दर्ता गरेको छ । सरकारी वकिल कार्यालय ललितपुरले अधिकारीसहित १० जनाविरुद्ध मुद्दा अघि बढाएको हो ।        
     जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरले उनीसहित भारतीय नागरिक ४५ वर्षीय मुकेश धानुक, पोखराकी २८ वर्षीया नेलिका लामिछाने, तेह्रथुमकी दिलकुमारी लिम्बु, पाल्पाका प्रयास पोखरेललाई समेत मुद्दा चलाउन सिफारिस गरेको छ । यस्तै सल्यानका २२ वर्षीया सपना वली, बर्दघाटकै ३४ वर्षीया गंगा अधिकारी, पाल्पा बगनासकाली–८ पदमपथका ५२ वर्षीय मेघनाथ बस्याल, सिरहा लहानका ६४ वर्षीय अशोक कुमार अग्रवाललाई विरुद्ध समेत मुद्दा दर्ता गरिएको छ ।
    तुल्सा कलेक्शनकी साझेदार ३४ वर्षीया गंगा अधिकारीविरुद्ध पनि मुद्दा चलेको हो । उनी तल्साकी सहोदर दिदी हुन् । सरकारी वकिल कार्यालयले गरेको अभियोजन पत्र अनुसार तुलसाले विभिन्न मितिमा चिमोरीयाबाट ४ करोड ५० लाख रुपैयाँ लिएको देखिएको छ । आपराधिक लाभमार्फत भने उनले ६ करोड, ५२ लाख २९ हजार रुपैयाँ आर्जन गरेको दाबी गरेको छ ।
    तुलसाले उक्त रकम विभिन्न बैंक तथा चेकमार्फत नै लिएको देखिएको हो । यसरी आपराधिक लाभ मार्फत आर्जन गरेको सम्पत्तिलाई तुलसा कलेक्सनको नामबाट वैधानिक बनाउन खोजेको देखिएको अनुसन्धानमा देखिएको छ ।  तुलसा कलेक्सनको नामबाट गरिएको कारोबारबाट भने उनले राज्यलाई तिर्नुपर्ने कर लुकाउन कम्पनी घाटामा रहेको देखाएकी छिन् ।  
     नवलपरासी बर्दघाटकी ३२ वर्षीया तुलसा अधिकारीले ललितपुर सातदोबाटोस्थित हाम्रो अटोमोबाईल सञ्चालक कुमार चिमोरियालाई ‘हनी ट्रयाप’ मा पारेर आपराधिक लाभ लिएको भन्दै प्रहरीले अनुसन्धान गरेको थियो । ललितपुर प्रहरी र सम्पत्ति शुद्धीकरण विभागले उनीमाथि अनुसन्धान गरेको थियो । सोही अनुसन्धान प्रतिवेदनका आधारमा बिहीबार वकिल कार्यालयले मुद्दा दर्ता गराएको हो ।
    अधिकारीले तुल्सा कलेक्सन सञ्चालन गर्दै आएकी छन् । ‘हनी ट्रयाप’मा परेका कुमार चिमोरियालाई तुल्सा कलेक्सनकै नाममा आपराधिक रकम पार्किङ गराएको खुलेको छ । अवैध कारोबारको व्यवस्थापनलाई रकम पार्किङ भनिन्छ । तुलसा सामाजिक सञ्जाल टिकटकमा सक्रिय महिला हुन् । उनले सामाजिक सञ्जाल मार्फत भ्रम सृजना गरेर आफूमाथिको मुद्दासमेत कमजोर बनाउन खोजेकी थिइन् । गत भदौदेखि चीन भागेकी उनी टिकटक मार्फत मुद्दाबारे अफवाह फैलाइरहेकी थिइन् ।


 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्