राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुकार बमले सहकारीको अर्बौ रकम ठगीमा फरार जीवी राई जीवित भए नेपाल ल्याउने विवादास्पद अभिव्यक्ति दिएका छन् । एक अन्तर्संवाद कार्यक्रममा नेपाल बाहिर रहेका जीवीबारे सोधिएको प्रश्नमा उनले भने ‘जीवित भए ल्याउँछौ’ । नेपाललिडको प्रष्ट प्रश्नमा राजेन्द्र बानियासँगको कुराकानीमा उनले व्यक्तिको जीवनबारे नै गम्भीर पक्ष बोलेपछि कार्यक्रम सञ्चालकले बोलेको शब्दको गम्भीरताबारे सम्झाएका थिए ।
जीवी ग्यालेक्सी टेलिभिजनको आवरणमा पाँच सहकारीका बचतकर्ताको रकम अपचलनमा मुछिएर अनुसन्धान सुरु भए लगत्तै फरार भएका थिए । पछि उनी मलेसियामा रहेको खुलेपछि इन्टरपोलबाट ल्याउने प्रयाससमेत सफल भएन । पुकार बमको यो भनाइले आशंका पैदा भएको छ । सबै भन्दैछन् के जिबी राइ मारिए ?
