IMG-LOGO

अब शनिबार आइतबार बिदा

 मंगल, चैत २४, २०८२  --

 

          सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थामा हप्ताको दुई दिन बिदा दिने भएको छ । अस्ति आइतबार बसेको मन्त्रिपरिषद बैठकले २३ चैतबाट लागू हुने गरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो । पेट्रोलियम आपूर्तिमा उत्पन्न असहज अवस्थाका कारण सो निर्णय गरिएको शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । साथै शैक्षिक संस्थाबाहेकका कार्यालयको समय ९ देखि ५ बजेसम्म तोकिएको छ ।

          ‘पेट्रोलियम आपूर्तिमा उत्पन्न असहज अवस्थाका कारण चैत २३ गतेबाट लागू हुने गरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने तथा शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयहरूको कार्यालय समय ‘९ देखि ५ कायम गर्ने,’ निर्णयमा भनिएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्