IMG-LOGO

श्री जन चेतना युवा समूहमा नयाँ नेतृत्व

 मंगल, चैत १७, २०८२  --

       धुलिखेल–८ स्थित श्री जन चेतना युवा समूहको ३१ औं सधाण सभा संस्थाका अध्यक्ष रमेशप्रसाद न्यौपानेको सभापतित्वमा सम्पन्न भयो । धुलिखेल नगरपालिका –८ का अध्यक्ष बिनोद गौतमले उद्घाघाटन गर्नुभएको कार्यक्रममा सचिव नवराज बडालले प्रगति प्रतिवेदन र भावी कार्ययोजना, कोषाध्यक्ष नविन बडालले आगामी वर्षको बजेट, आ.व. ०८१÷०८२ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नु भयो । २ लाख ८५ हजार ९ सय ७२ स्थिर सम्पती रहेको छ । उक्त साधारण सभाले रमेशप्रसाद बडालको नेतृत्वमा नयाँ संचालक समिति निर्विरोध निर्वाचित गरेको छ । उपाध्यक्ष बिस्णु बहादुर भुजेल, सचिब नवराज बडाल, कोषाध्यक्ष नविन बडाल, सह सचिव पार्वती केसी सदस्यहरु संगीता चौलागाई सुकदेब बडाल, राजकुमार तोलाङ्गे र रामराज हुमागाइ रहनुभएको संचालक समिति गठन गरेको हो । निर्वाचन उप समिति संयोजक साधुराम बडाल, सदस्यद्वय दामोदर बडाल र शुशिला तिमल्सिनाको टोलिले निर्बिरोध निर्वाचित समितिलाई प्रमाण पत्र प्रदान गर्नु भएको थियो । संस्थामा हाल सम्म १५० आजिवन सदस्य रहेका छन् । समारोहमा सामाजिक योगदान गर्नेहरूलाई  सम्मान समेत गरिएको थियो । संस्थापक अध्यक्ष उद्धव प्रसाद बडाल युवा अभियानका पवन गौतम लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि एवं वडा अध्यक्ष गौतमले सामाजिक संस्थाले चेतना जगाउने वातावरण संरक्षण गर्ने र विकासका कार्यमा साजेदारी गरी अघि बढ्न लागि पर्नुपर्ने धारणा राख्नुभयो । वडा अध्यक्ष गौतमले जन चेतनाको भवन मर्मत सुधारका लागि संस्थाका अध्यक्ष न्यौपानेले गर्नुभएको अनुरोधमा भवन निर्माणका लागि २ लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । संस्थाका अध्यक्ष रमेशप्रसाद न्यौपानेले वडाको विकासमा जन चेतना यूवा समूहले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्