IMG-LOGO

सेन्टलम स्कुलको दीक्षान्त समारोह

 मंगल, चैत १७, २०८२  – प्रा.डा. सुमनराज ताम्राकार

       श्रीखण्डपुर । पनौती नगरपालिका वडा नम्बर ५ स्थित शैक्षिक बिकासमा अग्रेणी भूमिका निर्वाह गर्दै आएको सेन्टलम एल्बम एकेडेमीले आप्mना युकेजीका विद्यार्थीलाई दीक्षित गरेको छ । कार्यक्रममा कक्षा नर्सरी, एलकेजी र युकेजीका विद्यार्थीको नतिजा पनि प्रकाशित गरिएको थियो । विद्यालयको नियमित कार्यक्रम अन्तर्गत आइतबार युकेजीमा अध्ययनरत ४५ विद्यार्थी दीक्षित भएको कुरा विद्यालयका प्रिन्सिपल अग्नी ज्ञवालीले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि विद्यालय संचालक समितिका सचिव ईश्वर महाजुलगायत अन्य अतिथिहरुले उनीहरुलाई दीक्षित गर्नुभएको हो । यस्ता कार्यक्रमले बालबालिकालाई हरेक क्रियाकलाप गर्न मद्दत पुग्ने प्रमुख अतिथि महाजुले बताउनुभयो । उहाँले विद्यार्थीलाई कसरी गुणस्तरिय शिक्षा प्रदान गर्न सकिन्छ भन्नेमै आफूहरुको ध्यान जाने गरेको भन्दै अभिभावकले पनि यसमा आफ्ना बालबालिकालाई विशेष ध्यान दिएर पढाईको गुणस्तरबारे सल्लाह र सुझाव दिन अनुरोध गर्नुभयो ।

       विद्यालयका प्रधानाध्यापक अग्नीप्रसाद ज्ञवालीले विद्यार्थीहरुलाई सम्मानसँगै दीक्षित गर्ने संस्कृतिको विकासले उनीहरुमा आत्मबल बढ्ने र यसले पढाईमा पनि सकारात्मक प्रभाव पार्ने बताउनुभयो । २०६२ सालमा स्थापित यस स्कूलले दुई वर्षदेखि प्लस टुमा म्यानेजमेन्टसहितको अध्यापन गराइरहेको प्रिन्सिपल ज्ञवालीले जानकारी दिनुभयो । विद्यालयमा ५३७ जना विद्यार्थी अध्ययनरत छन् । यसवर्ष विद्यालयबाट १७ विद्यार्थी एसईईमा सहभागी हुने उहाँले जानकारी दिनुभयो । आइतबारको कार्यक्रम विद्यालयकी शिक्षिका श्रृजना बुढाथोकीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा उपस्थितहरुलाई शिक्षिका सरला नेपालले मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो भने कार्यक्रम शिक्षिका शोविता हुमागाईंले संचालन गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेका थिए ।

 

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्