IMG-LOGO

रामनवमीको अवसरमा निःशुल्क योग शिविर

 मंगल, चैत १७, २०८२  --

       पतञ्जली योग समिति बागमति प्रदेशको आयोजना र पतञ्जली योग समिति काभ्रे, महिला समिति काभ्रे र युवा नेपाल काभ्रेको संयोजनमा रामनवमी २०८२ को सुखद उपलक्ष्यमा बनेपा नगरपालिका वडा नं. ७ परिवार नियोजन कार्यालयको प्रागणमा ३ दिने वृहद निःशुल्क योग विज्ञान शिविरको आयोजना गरिएको छ । बनेपा नगरपालिकाका वडा नं. ७ का वडा अध्यक्ष हिटलर शाक्य र पतञ्जली योग समिति बागमति प्रदेश प्रमुख ग्रुवेन तौजलेले संयुक्त रुपमा उद्घाटन गरिएको उक्त कार्यक्रममा बागमती प्रदेश सचिव सुधा कोलोनी, बागमती प्रदेश सदस्य दमन कुमार श्रेष्ठ, युवा अध्यक्ष रमेश श्रेष्ठ र महिला अध्यक्ष इन्दिरा तौजले लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सभापतित्व पतञ्जली योग समिति काभ्रेका अध्यक्ष प्रकाश कायस्थले गर्नुभएको थियो भने कार्यक्रमको संचालन महामन्त्री श्यामकुमार श्रेष्ठले गर्नुभएको उक्त शिविरमा प्रमुख वाचक बागमती प्रदेश प्रमुख ग्रवेन तौजलेले योग ध्यान प्राणायम लगायतका आसनहरु गराउनुभएको शिविरमा उल्लेखनीय योग साधक – साधिका र स्थानीय जनमानसहरुको उपस्थिति रहेको थियो ।

       स्वही रामनवमीको अवसर र स्वामी रामदेवको सन्यानस ग्रहण गरेको दिनलाई पारेर बनेपाको स्थानीय गणेश मन्दिर चोकमा होम यज्ञको समेत आयोजना गरी पतञ्जली योग समिति काभ्रेले प्रत्येक वर्ष झै यस वर्ष पनि सो कार्यक्रमलाई निरन्तरता दिएको संचार प्रभारी मिलन भक्त श्रेष्ठले जानकारी दिनुभयो ।

       यसै बिच यही चैत्र १६ गते देखि बनेपा नगरपालिका वडा नं. ७ स्थीत भक्तेश्वर मार्ग स्केट पार्क बनेपामा दिर्घायू साधना केन्द्र संचालनमा सुभारम्भ भएको छ ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्