IMG-LOGO

ज्योति मिर्मिरे साकोसको स्थापना दिवस

 मंगल, चैत १७, २०८२  --

       ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनौतीले २७ औ स्थापना दिवसको अवसर पारी संस्थामा आवद्ध विविध विद्याका ७ सय भन्दा धेरै सदस्यहरुलाई सम्मान गरेको छ । संस्थाका अध्यक्ष उद्धव सापकोटाको सभापतित्वमा सम्पन्न भएको समारोहमा प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले संस्थाको नीति विधि र प्रविधिबाट सदस्यहरुलाई वृहत्तर आर्थिक हितका लागि कार्य गर्दै आएको बताउनुभयो । संस्थाका सल्लाहकारहरु, संचालक समिति, उप समिति, कर्मचारी, विभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा सम्मान कार्यक्रम गरिएको थियो ।

       ७५ वर्ष नाघेका २ सय ७५ जना, ७० देखि ७५ वर्ष उमेर समुहका ३ सय जना र अपाङ्गता भएका ३९ जना जेष्ठ नागरिकहरु गरी ६ सय १७ जनालाई विभिन्न सेवा केन्द्रमा पुगेर सम्मान गरिएको छ । पनौतीमा रहेको केन्द्रीय कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रममा विविध विद्यामा सम्मान गरिएको थियो । ज्योती सेवा केन्द्रमा २०८, बनेपा सेवा केन्द्रमा ६५, मिर्मिरे सेवा केन्द्रमा ५६, सामुहिक सेवा केन्द्र ५६, कुशादेवी सेवा केन्द्र ५९, बेथान्चोक सेवा केन्द्र ७२, जन्मज्योति सेवा केन्द्र ७९, रोशी सेवा केन्द्र २२ जना जेष्ठ नागरिक सम्मानित हुनुभएको थियो ।

       उत्कृष्ट सेवा केन्द्रका रुपमा बेथान्चोक सम्मानित भयो । उत्कृष्ट कर्मचारी सुदिप तिमल्सिना हुनुभयो । भने विशिष्ट सदस्य अवार्ड सप्तकाजी बुद्धाचार्यलाई प्रदान गरिएको थियो । उत्कृष्ट ऐच्छिक बचतकर्ता इश्वर बञ्जारा, नियमित बचतकर्ता राममाया प्रधानाङ्ग, नियमित बचतकर्ता लिला थापा, कल्पना बञ्जारा, मञ्जु अधिकारी, स्कुमाया तामाङ, यादवप्रसाद काफले, सन्तोष घिमिरे, कुन्छाङ तामाङ, ज्योति पुतुवारलाई सम्मानित गरेको थियो ।

       उत्कृष्ट ऋणी रविन विश्वकर्मा, सजना हुमागाई, रुपा श्रेष्ठ, शारदा पराजुली, मुना खड्का, उद्धवप्रसाद दाहाल, चिनिमाया तामाङ सम्मानित हुनुभयो । उत्कृष्ट बालबचतकर्ताहरु निर्जल तामाङ, शिक्षान्त सापकोटा, रस्मिका तामाङ, प्रविन पाख्रिन, संर्घष कुईकेल र रेजिश न्यौपाने सम्मानित भए । एसईई उत्कृष्ट सम्मान अनुराग सापकोटा, रोजिया सापकोटा र करण घ्यावा सम्मानित हुनुभयो ।

       कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, वडा अध्यक्ष दिपकप्रसाद दाहाल, पुर्व अध्यक्ष मोतिराम तिमल्सिना, जिल्ला सहकारी संघका सचिव प्रकाश बञ्जारा, विशिष्ट सदस्य सप्तकाजी बुद्धाचार्य, जिल्ला बचत संघ काभ्रेका सचिव राजन अधिकारी, बुडोल सामुदायिक साकोसका जयराम थापा, सामुदायिक साकोसका कृष्ण थापा, विन्धबासिनी साकोसका अध्यक्ष शान्तकुमार श्रेष्ठ, सल्लाहकारहरु रमेश पौडेल, तुयुकाजी ताम्राकार, मेनेजर्स क्लवका सचिव सुबास बैद्य, कार्यसमिति सदस्य अरुण थापा लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष कान्छीमाया थापाले स्वागत गर्नुभएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्