IMG-LOGO

बनेपा नगरको ४५ औं स्थापना दिवसमा योगदान गर्नेलाई सम्मान

 मंगल, चैत १७, २०८२  – हरिनाथ न्यौपाने

       बनेपा नगरपालिकाको ४५ औं स्थापना दिवस शनिबार सम्पन्न भएको छ । प्रमुख अतिथि बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेले कार्यक्रमको उद्घाटन गर्नुहुदै नगरबासिहरुको हितमा रहेर काम गर्न जनप्रतिनिधिहरुलाई अनुरोध गर्नुभयो । उहाँले वागमती प्रदेश सरकारले सामाजिक विकासका लागि बनेपा नगरपालिका सँग हरेक काममा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विशेष अतिथि जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमले नगरको सफलताको शुभकामना व्यक्त गर्नुभयो । बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछानेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा नगर प्रमुख शान्तिरत्न शाक्यले बनेपामा भएका कामहरुको बारेमा जानकारी दिनुहुँदै सिमित बजेटका कारण धेरै काम गर्न नसकिएको बताउनुभयो । नगरपालिका उपप्रमुख बिमला सापकोटा दाहालले आफूले सकेको काम गर्दागर्दै पनि कामै नगरेको जसरी बाहिर चर्चा हुने गरेकोमा गुनासो गर्नुभयो । न्यायीक समितिका कार्यसम्पादन, योजनाहरुको कार्यान्वयन तथा नगरपालिकाको समग्र अवस्थाका बारेमा दाहालले जानकारी दिनुभयो । प्रशासन प्रमुख यादव खनालले संचालन गर्नुभएको कार्यक्रममा पुर्व उपप्रमुख रेखा सापकोटा दाहाल,जनप्रतिनिधिहरु, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, राजनैतिक दलका प्रतिनिधिहरु लगायत नगरबासिहरुको उपस्थिति रहेको थियोे । कार्यक्रममा निरन्तर २५ वर्ष सेवा गर्ने कर्मचारीहरु पोषण लामिछाने, आशिष शर्मा कडेल, दिनेशकुमार पोखरेल, राजकुमार काफ्ले, कविता श्रेष्ठ र रुपेन्द्र अधिकारीलाई बनेपा दीर्घ सेवा पदकद्वारा सम्मान गरिएको थियो । त्यस्तै निरन्तर १५ वर्ष सेवा गर्ने कर्मचारीहरु चुन बहादुर राई,मदन कुमार पौडेल र सम्झना आचार्यलाई बनेपा सेवा पदक प्रदान गरियो । उक्त अवसरमा आ.व. ०८१÷०८२ मा उत्कृष्ट करदाता ब्यक्तिगत तर्फबाट सिंजा रंजितकार र संस्थागत तर्फबाट तेन्डेल हार्डवेयरलाई प्रमाणपत्र दिई सम्मान गरिएको थियोे । त्यसैगरी नगरका उत्कृष्ट कर्मचारीहरु सुरेश कुमार थापा, यादव खनाल, रुपा कर्माचार्य, सरस्वती तिमल्सिना र रामेश्वर खड्का, उत्कृष्ट महिला उद्यमिहरु सुमित्रा श्रेष्ठ, निर्मला ताम्राकार, बिमला श्रेष्ठ र रजुला मानन्धर, नगरपालिका सङ साझेदारी गरेका ब्यक्ति तथा संस्थाहरु, द्यीभ््क्भ्भ््+२ परिक्षामा सर्बाधिक अंक ल्याउने विद्यार्थीहरु, अवकाश प्राप्त स्थायी शिक्षकहरु, २०८२ चैत्र सम्ममा अवकाश पाउनुहुने कर्मचारीहरुलाई सम्मान गरिएको थियोे ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्