प्रेस चौतारी नेपाल काभ्रेपलाञ्चोकले आपत्कालिन सहयोग कोष स्थापना गरेको छ । प्रेस चौतारी काभ्रेका अध्यक्ष केदारनाथ चौलागाईका अनुसार उक्त कोषमा ४ लाख रकम संकलन भएको जनाउनुभयो । हिजो गौतम भिलेज रिसोर्ट बनेपामा आयोजीत छलफल तथा अन्तरक्रिया कार्यक्रममा केन्द्रीय महासचिव हिरामान लामा प्रमुख अतिथि हुनुहुन्थ्यो । प्रेस चौतारी काभ्रेका संस्थापक अध्यक्ष सुरेश हुमागाईले संघ संगठनलाई गतिशिल बनाउन सबै एक जुटभइ एकताबद्ध हुनुपर्ने धारणा राख्नुभयो । प्रेस चौतारी काभ्रे इन्चार्ज नवराज बजगाई, पूर्व अध्यक्ष त्रय राजकुमार पराजुली, दयाराम महत, भुवन रायमाझी, नेपाल पत्रकार महासंघ काभ्रे अध्यक्ष विनोदकुमार न्यौपाने, नेकपा एमाले बागमती प्रदेश प्रचार प्रसार सदस्य केशवराज पौडेल, संचारकर्मी रमेशप्रसाद न्यौपाने, लक्षमण तिमल्सिना लगायतले मन्तव्य राख्नुभएको थियो । उक्त आपत्कालिन सहयोग कोषबाट जटील प्रकारका रोग लागेका दुर्घटनामा परेका विपद्मा परेका सञ्चारकर्मी तथा परिवारको लागि सहयोग गर्ने उद्देश्यका साथ स्थापना भएको आपत्कालिन कोषबाट ५० हजार सम्मको सहयोग रकम उपलब्ध गराउने कार्य विधि निर्माण गरेको जनाएको छ । शाखा सचिव विकास तिमल्सिनाले कार्यक्रमको औचित्यबारे प्रस्ट पार्नुभएको थियो ।
