IMG-LOGO

राष्ट्रिय परिचय पत्र बनाउन छुटै फारम भर्नु नपर्ने

 मंगल, चैत १०, २०८२  --

 

               गृह मन्त्रालयले राष्ट्रिय परिचय पत्र बनाउन प्रारम्भिक विवरण दर्ता गर्न नपर्ने व्यवस्था गरेको छ । केन्द्रिकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच सेवा अन्तरआवद्धता गर्दै आवेदन फारामसहित बायोमेट्रिक विवरणका लागि जानुपर्ने अवस्थाको अन्त्य गरिएको मन्त्रालयले जनाएको छ । आइतबार गृहमन्त्री ओम प्रकाश अर्यालले ललितपुर प्रशासन कार्यालय पुगेर नयाँ व्यवस्थाको निरिक्षण गरे । सो क्रममा मन्त्री अर्यालले समान प्रकृतिका विवरणहरूको लागि समेत फरक फरक निकायका फरक फरक फाराम भर्नुपर्ने अवस्थालाई क्रमश अन्त्य गर्दै जाने बताए ।

               राष्ट्रिय परिचय पत्रका लागि सेवाग्राहीहरूले विवरण दर्ताको आवेदन फाराम भर्न पर्ने अवस्थाको अन्त्य गर्दै सहज र नागरिकमैत्री सेवा उपलब्ध गराउने मुख्य उदेश्य रहेको उनले बताए । मन्त्री अर्यालले सार्वजनिक सेवा अन्तरआवद्धता हुँदा सुशासन कायम गर्न मद्दत पुग्ने, राज्य कोषमा बचतका साथै दोहोरोपना नियन्त्रण भएको बताए । मन्त्री अर्यालले अहिले दैनिक ६ देखि ८ हजारको संख्यामा राष्ट्रिय परिचय पत्र बन्ने गरेकाले नयाँ व्यवस्थाबाट नागरिकलाई प्रत्यक्ष फाइदा हुने विश्वास व्यक्त गरे ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्