IMG-LOGO

सात दिन सात विद्यालयमा बुसा वित्तीय साक्षरता

 मंगल, चैत १०, २०८२  --

               बुडोल सामुदायिक साकोसले ग्लोबल मनि विक २०२६ को सन्दर्भमा विद्यार्थीहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप तथा मनोवृत्ति विकास गर्ने उद्देश्य सहित सप्ताहव्यापी रुपमा “विद्यालयमा बुसा” कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम मार्फत २९४ जना विद्यार्थी र ११ जना शिक्षक शिक्षिकाहरू गरी कुल ३०५ जनालाई वित्तीय साक्षरता प्रदान गरिएको थियो । धुलिखेल स्थित सञ्जीवनी नमुना मा.वि., बनेपास्थित नाईटिङ्गेल मा.वि., बेलर एकेडेमी, शिक्षा सदन मा.वि., ज्ञानकुञ्ज मा.वि., काभ्रे मा.वि. र पाँचखालस्थित आजाद मा.वि.मा अध्ययनरत कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुको लागि कार्यक्रम सञ्चालन गरिएको थियो ।

               सन् २०१२ देखि आर्थिक सहयोग तथा विकास संगठन (इचनबलष्शबतष्यल ायच भ्अयलयmष्अ ऋययउभचबतष्यल बलम म्भखभयिऊभलत –इभ्ऋम्) को संयोजनमा हरेक वर्ष ग्लोबल मनी विक विश्वभर मनाउने गरिएको छ । यस वर्ष पनि क्mबचत ःयलभथ त्बपिक भन्ने नाराका साथ मार्च १६ देखि २२ सम्म ग्लोबल मनी विक २०२६ मनाइएको हो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्