श्री सरस्वती मावि धुलिखेल–८ बडाल गाउँको ४६ औ वर्षिकोत्सब अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम आज सम्पन्न । विद्यालय ब्यवस्थापन समिति अध्यक्ष साधुराम बडालको सभापतित्व तथा वडा अध्यक्ष बिनोद गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयको प्रधानाध्यापक रमेशप्रसाद बडालले शैक्षिक स्तरीयताको सवालमा प्रतिवेदन प्रस्तुत गर्नुभयो । श्री जन चेतना युवा समुहका अध्यक्ष रमेशप्रसाद न्यौपानेले ब्याक्तीगतरुपमा प्रदान गर्दै आउनुभएको नगद पुरस्कर यश वर्ष उत्कृष्ट अङक ल्याउने कक्षा–९ कि छात्रा सुमी ज्ञवाली र कक्षा–८ का छात्र एलिज तिमल्सिनालाई पुरस्कृत गर्नुभयो । उक्त विद्यालयमा हाल ११४ विद्यार्थी अध्ययनरत छन् । प्रमुख अतिथि वडा अध्यक्ष गौतमले सरस्वती स्कुलले शैक्षिक स्तर बिकासमा सहायता पु¥याएको आगामी दिनमा शिक्षण सिकाई प्रभावकारीतामा जोड दिनुपर्ने बताउनुभयो । विद्यालयका पूर्व सञ्चालक अध्यक्ष कृष्णप्रसाद शर्मा, पूर्व व्यवस्थापन समिति सदस्य होमनाथ अधिकारी, लगायतको आतिथ्यता रहेको थियो । विद्यालयका पूर्व शिक्षक दामोदर गौतमले ३३,३३३÷–, पूर्व विद्यार्थी राजेन्द्र चौलागाइले १० हजार आर्थिक सहयोग विद्यालयलाई उपलब्ध गराउनुभयो । कार्यक्रमको सञ्चालन नावराज बडालले गर्नुभयो ।
