IMG-LOGO

होचा डाक्टर

 मंगल, चैत १०, २०८२  --

               भारतको जन्मिएका होचा डाक्टरको अहिले सर्वत्र चर्चा छ । शारीरिक उचाइका कारण आइपरेका अनेक चुनौती पार गर्दै डाक्टर बनेका भारतको गुजरात राज्यस्थित भावनगरका गणेश बारिया हाल एक सरकारी अस्पतालमा मेडिकल अफिसरका रूपमा कार्यरत छन् । प्राथमिक स्कूल पढ्दै गर्दा सर्कस चलाउने मानिसहरूले उनका बुवासँग पाँच लाख रुपैयाँमा उनलाई किन्न खोजेका थिए । होचो भएका कारण उनलाई सर्कसमा खेलाएर आम्दानी गर्न खोजेका थिए तर उनका बुवाले इन्कार गरे । बरु उनका बुवाले उनलाई पढाए । पैसामा बेचेनन् र पौरख गरेर पढाए । यो कुराले उनलाई पढ्न र सफल मान्छे बन्न पनि प्रेरित ग¥यो । बिबिसी हिन्दी सेवाले उनका बारेमा लेखेपछि उनी अन्तर्राष्ट्रिय रूपमा चर्चित भएका छन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्