IMG-LOGO

जेष्ठ सदस्य केसीको सपथ भोलि

 मंगल, चैत १०, २०८२  --

               प्रतिनिधिसभा चुनावबाट निर्वाचित ज्येष्ठ सदस्य नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीको शपथ बुधबार राष्ट्रपति कार्यालय शीतलनिवासमा हुने भएको छ । उनले सोमबार शपथ लिएपछि बिहीबार सिंहदरबार स्थित संसद् भवनमा उनले अन्य २ सय ७४ सांसदहरूको शपथ गराउने केसीले जानकारी दिएका छन् । केसीको शपथ बुधबार बिहान सवा ११ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा हुन लागेको हो । राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई पद तथा गोपनीयताको शपथ खुवाउने छन् ।

               प्रतिनिधिसभाका ज्येष्ठ सदस्यले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिने र उनैले अरू सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाउने व्यवस्था कानुनमा छ । संघीय संसद सचिवालयले १२ चैत दिउँसो २ बजे नव–निर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथको कार्यक्रम राखेको छ । उनीहरूलाई केसीले शपथ खुवाउनेछन् । केसीले प्रतिनिधिसभाबाट सभामुख निर्वाचित नहुँदासम्म सभाको ज्येष्ठ सदस्यका रूपमा अध्यक्षता गरेर सभा पनि सञ्चालन गर्नेछन् । शुक्रबार रामनवमीका दिन भने प्रधानमन्त्रीका रूपमा बालेन साहको सपथ हुने भएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्