IMG-LOGO

प्रज्ञा सदन स्कुलको अभिभावक दिवस सम्पन्न

 मंगल, चैत ३, २०८२  हरिनाथ न्यौपाने

       कागेश्वरी मनोहरा न.पा. – ५ थलिमा रहेको प्रज्ञा सदन सेकेन्डरि स्कुलको वार्षिकोत्सब तथा अभिभावक दिवस २०८२ शुक्रबार सम्पन्न भएको छ । कागेश्वरी मनोहरा नगरपालिका उपप्रमुख शान्ता थापाको प्रमुख आतिथ्यता एवं विद्यालय सञ्चालक समितिका अध्यक्ष श्याम बहादुर कार्कीको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

       प्रमुख अतिथि थापाले कार्यक्रमलाई सम्बोधन गर्नुहुदै विद्यार्थीको इच्छा र क्षमता अनुसारको पढाईमा अभिभावकहरुले ध्यान दिनुपर्ने बताउनुभयो । बालबालिका को पहिलो विद्यालय नै आफ्नो घर भएकोले घर बाट नै सभ्य, सुसंस्कृत बाताबरण दिएमा असल नागरिक बन्ने भन्दै मोबाइलको अनुचित प्रयोग र अन्य बिकृती बाट टाढै राख्न अनुरोध गर्नुभयो । प्रज्ञा सदन स्कुलले शैक्षिक क्षेत्रमा उल्लेखनीय कार्य गरेको भन्दै उहाँले विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक, प्राविधिक तथा नैतिक शिक्षामा समेत केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।

       मानसिका आले मगरले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल दिपक पौडेलले विद्यालयको बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै भाबी कार्ययोजना प्रस्तुत गर्नुभएको थियोे । उहाँले प्रबिधिलाई आत्मसात गर्दै आगामी शैक्षिक सत्रमा स्मार्ट बोर्डको बिस्तार गरिने प्रतिबद्धता जनाउनुभयो । विद्यालयका प्रवन्ध निर्देशक कुमार अधिकारिले धन्यवाद व्यक्त गर्दै गुणस्तरीय शिक्षा, अनुशासन, संस्कार र व्यवहारिक ज्ञानलाई प्राथमिकतामा राख्दै सक्षम नागरिक निर्माणमा स्कुलले निरन्तर योगदान पु¥याउँदै आएको उल्लेख गर्नुभयो । उहाँले बदलिँदो समयानुसार शिक्षण पद्धतिलाई थप आधुनिक , प्रबिधिमैत्रि र प्रभावकारी बनाउँदै लैजाने स्पष्ट पार्नुभयो । कम शुल्कमा गुणस्तरिय शिक्षा प्रदान गर्दै आईरहेको विद्यालयमा ६५० जना भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

       कार्यक्रममा कागेश्वरी मनोहरा–५ का वडाध्यक्ष शंकर पाण्डे,अन्य जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रिन्सिपलहरु, हिसान÷इशानका प्रमुख एवं प्रतिनिधिहरु, शिक्षाविद्, अभिभावक, विद्यार्थी, शिक्षक–शिक्षिका एवं शुभचिन्तकहरुको बाक्लो उपस्थिति रहेको थियो । शिक्षिका द्वय निराशा दुलाल र शारदा कार्किले संचालन गर्नुभएको कार्यक्रममा चर्चित लोकगायक सुर्यमणि आचार्यले आफ्ना गित मार्फत मनोरञ्जन प्रदान गर्नुभयो । उक्त कार्यक्रममा विद्यार्थीहरुले विविध मनोरञ्जनात्मक प्रस्तुतिहरु राखेका थिए ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्