IMG-LOGO

एनआरएनका नयाँ अध्यक्ष डा. हेमराज

 मंगल, चैत ३, २०८२  --

 

       लामो समयदेखि चल्दै आएको आन्तरिक खिचातानी र पटक–पटकको विभाजनपछि अन्ततः गैरआवासीय नेपाली संघ (एनआरएनए) मा सहमतिको वातावरण बनेको छ । काठमाण्डौंमा जारी संघको १२ औं महाधिवेशनबाट डा. हेमराज शर्मा सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका छन् ।

       वेलायतस्थित लिभरपुल विश्वविद्यालयमा कार्यरत डा. शर्मा अध्यक्ष पदका लागि प्रमुख दावेदारका रूपमा उभिएका थिए । अध्यक्षका अर्का उम्मेदवार रोबिन शेरचन र रबिन बज्राचार्यले अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएपछि शर्मा निर्विरोध अध्यक्ष भएका हुन् ।

       यसअघि संघका सात अध्यक्षमध्ये चार जना प्रतिस्पर्धात्मक निर्वाचनमार्फत चयन भएका थिए भने उपेन्द्र महतो, जीवा लामिछाने र देवमान हिराचन मात्र सर्वसम्मत रूपमा अध्यक्ष बनेका थिए । डा. शर्माको चयनसँगै करिब १३ वर्षपछि पुनः एनआरएनएमा अध्यक्ष पदमा सर्वसम्मत नेतृत्व स्थापित भएको हो । महाधिवेशनका क्रममा संघको नयाँ कार्यसमितिका अन्य पदहरूमा पनि सहमति जुटेको बताइएको छ । अध्यक्ष सहित कुल ६९ पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्