IMG-LOGO

इन्द्रेश्वर क्याम्पसमा अन्तरसम्वाद

 मंगल, चैत ३, २०८२  --

       इन्द्रेश्वर क्याम्पसको आयोजना र विश्वविद्यालय अनुदान आयोगको समन्वयमा बिहिबार क्याम्पस सभाकक्षामा पुन्यवती जर्नल २ को  लोर्कापण तथा “अनुसन्धानमूलक पत्रकारिताः आजको आवश्यकता” विषयक इन्द्रेश्वर अन्तरसम्वाद कार्यशाला कार्यक्रम सम्पन्न भयो । यस कार्यक्रममा सहभागी हुनु भएका प्रमुख वत्ता शिलापत्र अनलाइन पत्रिकाका क्रियटिभ एडिटर राजेश शर्मा लगायत पनौतीका सम्पदाहरुको बारेमा अनुशन्धानमूलक लेखका लेखक हरीभक्त कर्माचार्य, क्याम्पस प्रमुख श्रीकुमार सुवाल, क्याम्पस सञ्चालक समितिका अध्यक्ष तुयुकाजी ताम्राकारज्यू लगायतका वक्ताहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौ । प्रमुख वक्ता शिलापत्र अनलाइन पत्रिकाका क्रियटिभ एडिटर राजेश शार्माले विषय सान्र्दभिक अनुशन्धानमूलक खोज पत्रिकाले सामाजिक, आर्थिकलगायतका विषयमा सकारात्मक परिवर्तन गर्ने विषयमा उठान गर्नु भयो । साथै पनौतीका सास्कृतिक सम्पदाहरुको अध्ययन अनुसन्धान गरि लेख लेख्ने हरीभक्त कर्माचार्यले पनौती क्षेत्रका सास्कृतिक धार्मिक चाडपर्व, रितिथितीहरुको अनुसन्धान गरि पनौतीको थप चिनारी उजागरण गर्नु भयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्