IMG-LOGO

अर्किड स्कुलमा स्काउट दीक्षान्त समारोह

 मंगल, चैत ३, २०८२  --

       अर्किड ईन्टरनेश्नल एकेडेमी बनेपाले स्कुलमा प्रथम स्काउट दीक्षान्त समारोह २०८२ सम्पन्न गरेको छ । बनेपा नगर स्काउट तदर्थ समितिका संयोजक तथा विद्यालयका सञ्चालक समितिका अध्यक्ष पुकार कर्णजितको सभापतित्वमा तथा स्काउटका जिल्ला आयुक्त मोहन गोपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

       कार्यक्रममा विद्यालयकी प्रिन्सिपल अनिता प्रजापतिले स्वागत मन्तब्य राख्नुभएको थियो । प्रजापतिले २२ जना विद्यार्थीहरु दिक्षित भएको जनाउनुभयो । सञ्चालक समितिका अध्यक्ष पुकार कर्णजितले विद्यार्थीहरुले स्काउटको प्रतिज्ञा दो¥याउदै देश, समाज र मानव सेवामा निरन्तर लाग्न प्रोत्साहित गर्नुभयो । कार्यक्रममा स्काउटको ईतिहास, उदेश्य र गतिविधिबारे प्रकाश पारिएको थियो । दिक्षित विद्यार्थीहरुलाई स्कार्फ र ब्याज प्रदान गरी आधिकारीक रुपमा स्काउट सदस्यता प्रदान गरिएको थियो । कार्यक्रममा पनौती नगर स्काउट तदर्थ समितिका संयोजक मिलन श्रेष्ठ, स्काउट शिक्षक नरेश प्रधान लगाएतको आतिथ्यता रहेको थियो ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्