IMG-LOGO

न्यू राइजीङ इङलिस स्कुलको अभिभावक दिवस सम्पन्न

 मंगल, चैत ३, २०८२  --

      न्यू राईजिङ इङ्गलिस स्कुल पनौती १ रयालेको ३१ औं बार्षिकोत्सव, अभिभावक दिवस, एसईई उतीर्ण विद्यार्थी सम्मान तथा स्काउट दिक्षान्त समारोह कार्यक्रम प्याब्सनका केन्द्रीय सचिव भिमसेन केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । विद्यालयका प्रवन्ध निर्देशक कुलप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा एसईईमा जिल्ला उत्कृष्ट अनुराग सापकोटालाई नगद ५ हजार सहित सम्मान गरिएको थियो । उनले ३.९६ जिपिए प्राप्त गरेका थिए । २४ जना विद्यार्थीहरुले एसईई दिएकोमा २० जनाले ३.६० भन्दा धेरै जिपिए प्राप्त गरेका थिए । विद्यार्थीहरुलाई विद्यालयका तर्फबाट नगद २ हजार र मायाको चिनो सहित सम्मान गरिएको प्रिन्सिपल विमल न्यौपानेले जनाउनुभयो । हाल ६ सय ५० सहभागीता रहेको विद्यार्थी अध्ययनरत छन् । ५५ जना शिक्षक, कर्मचारीहरु कार्यरत छन् ।

       स्मार्ट बोर्ड, सिसि क्यामेरा, विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलाप अन्र्तगत तेक्वान्दो, गित, संगित, स्काउट, ल्यावहरु, आर्ट तथा अन्य कक्षाहरु संचालन गरिरहेको प्रवन्ध निर्देशक कुलप्रसाद सापकोटाले बताए । विद्यालयले शैक्षिक गुणस्तरमा प्राप्त गरेको उत्कृष्टताका आधारमा नगर स्तरमा उत्कृष्ट विद्यालयका रुपमा सम्मान भएको छ भने प्याब्सन अन्र्तगत बेस्ट स्कुल अफ द इएर मार्फत सम्मान भएको छ । लेखन प्रतियोगितामा नगर स्तरमा प्रथम भएको छ भने अन्य कृयाकलापमा पनि विद्यालय उत्कृष्ट हुँदै आएको छ । दक्ष, सवल, सक्षमर योग्य जनशक्ति उत्पादनका लागि शिक्षा प्रदान गर्ने उदेश्यले बालमैत्री, प्रविधीमैत्री शिक्षाका लागि आवश्यक जनशक्ति साधनको ब्यवस्थापन गरिएको प्रवन्धक निर्देशक सापकोटाले उल्येख गर्नुभयो ।

       कार्यक्रममा कक्षा ७ र ८ अध्ययन गर्ने ८० जना स्काउटका विद्यार्थीहरुलाई दिक्षित गरिएको थियो । हाउस अफ द ईएर अन्र्तगत विद्यालयमा रहेका समुहहरुलाई सम्मान गरिएको थियो । उत्कृष्ट शिक्षक सम्मान गरिएको थियो । विद्यार्थीहरुले सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । बार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्याब्सनका केन्द्रिय सचिव भिमसेन केसीले मुलुकको शैक्षिक गुणस्तरमा नीजि क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउँदै विहावर क्षेत्रको रयालेमा रहेको न्यू राईजिङ्गले स्थानीय स्तरमा पु¥याएको योगदानको प्रशंशा गरे । कार्यक्रममा प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल लगायतका पदाधिकारीहरु, वडा अध्यक्ष जय लामा, विभिन्न विद्यालयका प्रिन्सिपल तथा प्रधानाध्यापकहरु, शिक्षकहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बेदप्रसाद सापकोटा तथा क्रियासिल संचारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रम शिक्षक भरत सापकोटाले संचालन गर्नुभएको थियो । स्वागत मन्तब्य विद्यार्थी योजना सापकोटाले ब्यक्त गर्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्