बनेपा, बालकेन्द्रित शिक्षण सिकाइमा प्रभावकारीता ल्याउन निरन्तर लागिपरेको समेरक निस्ट तारा पुन्ज स्कुल बनेपाले १२ औं अभिभावक दिवस सम्पन्न गरेको छ । प्ले ग्रुपदेखि नर्सरी सम्म अध्ययन गर्ने बालबालिकाहरुको शिक्षण सिकाइ प्रारम्भ गरेको दिनलाई अभिभावक दिवस मनाउँदै आएको छ । शनिबार विद्यालयमा आयोजीत कार्यक्रममा विद्यालयका प्रिन्सिपल अशोक पाण्डेले बालबालिकाको प्रतिभा प्रस्फुटन गराइ शैक्षिक सर्वाङगीण विकासमा अनुभवि तालिम प्राप्त शिक्षकहरुबाट शिक्षण सिकाइ गर्दै आएको बताउनुभयो । बालबालिकाहरुले नृत्य तथा नटक समेत पञ्चन गरेका थिए । उक्त गतिविधिलाई अभिभावक वर्गले मुक्तकन्ठले तारिफ समेत गर्नुभएको थियो । कार्यक्रममा रेडियो एविसीका अध्यक्ष रमेशप्रसाद न्यौपाने विशिष्ट अतिथि र स्तेशन म्यानेजर हरिनाथ न्यौपाने अतिथि रहनुभएको कार्यक्रमको सञ्चालन रेणु श्रेष्ठ गर्नुभएको थियो । उक्त विद्यालयमा ३ सय बालबालिका अध्ययनरत छन् ।
