काठमाण्डौं युनिभर्सिटी हाइ स्कुल चौकोट काभ्रेको २८ औं अभिभावक दिवस समारोह बुधबार सम्पन्न भएको छ । काठमाण्डौं विश्व विद्यालयका उपकुलपति प्रा.डा. अच्यूदप्रसाद वाग्लेको प्रमुख अतिथ्यता तथा रजिस्टार राजिव श्रेष्ठको विशिस्ट अतिथ्यता रहेको समारोहमा विद्यालयका प्रिन्सिपल नारदकुमार रिजालले शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्राध्यापक डाक्टर एवं केयु स्कुल अफ एजुकेशनका डिन बालचन्द्र लुइटेलले शिक्षा समाजलाई सकारात्मक मार्गमा डो¥याउने हुनुपर्ने धारणा राख्नुभयो । शिक्षक अभिभावक संघका अध्यक्ष विधान जोशी समेत प्रतिनिधित्व गर्नुभएको थियो । प्रमुख अतिथि केयुका उपकुलपति वाग्लेले शिक्षालाई उद्योग व्यवसाय र प्रविधिसँग जोडेर गुणात्मकता दिनुका साथै जीवन उपयोगी हुनुपर्ने तर्क गर्नुभयो ।
