बजारमा खाना पकाउने ग्याँसको अभाव भइरहेको छ । सामान्य घर, परिवार, होटल व्यवसायी र मजदुरी गरेर जिवन यापन गरिरहेकाहरुलाई ग्याँस अभाव कै कारण विहान दिउँसो छाक के गरि टार्ने होला भन्ने तनाव छ यतिवेला विशेष गरि सहर तिर ! तर जिल्ला प्रशासन कार्यालय काभ्रेले भने सोमबार वहुसरोकार पक्षहरुको बैठक बोलाएर खाना पकाउने ग्याँस र पेट्रोलियम पदार्थको काभ्रे जिल्लामा कुनै समस्या नरहेको भन्दै सार्वजनिक विज्ञप्ति जारी गरेको छ । जिप्रका काभे्रले उपभोक्ताहरुलाई अनावश्यक हल्लाको पछि नलाग्न र आवश्यकता भन्दा बढी सञ्चित समेत नगर्न नगराउन भन्दै सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले विज्ञप्ति प्रकाशित गर्नुभएको छ । बनेपा लगायतका सहरी क्षेत्रमा ग्याँसको वितरण प्रणाली र सर्वसाधारणको पहुचका बारेमा अब जिप्रकाले अनुगमन गर्ने बेला भएन र ?
