प"र्वी पहाडी जिल्लाको व्यापारिक नगरी बनेपाको मध्येभागमा ६४ वर्ष अघि स्थापीत एतिहासिक महत्वको विद्यालय शिक्षा सदन माध्यामिक विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवस हिजो सम्पन्न भएको छ । उक्त समारोहमा क्ष्क्इ ऋच्भ्त्क्ष्ँक्ष्ऋब्त्क्ष्इल् ऋभ्च्भ्ःइल्थ् तथा अभिभावक भेला एवं पुरस्कार वितरण कार्यक्रम समेत सम्पन्न गरेको कुरा विद्यालयका प्रधानाध्यापक लक्ष्मण दाहालले बताउनुभयो । बागमती प्रदेश नेपालका सामाजिक विकास मन्त्री कन्चनचन्द्र बादे श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विसिष्ट अतिथि बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्य हुनुहुन्थ्यो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बादेले शिक्षा सदन विद्यालयका व्यवस्थापन टिम, शिक्षक वर्ग र बनेपा नगरको सत्प्रयासले शैक्षिक विकासमा स्तर उन्नती भएको बताउनुभयो ।
प्रमुख अतिथि बादेले आइएसओ सर्टिफिकेट लिइ शैक्षिक गुणस्तरीय बिकासमा फड्को मार्न सबैको सहकार्य आवश्यक रहेको बातउँदै सामाजिक बिकास मन्त्रालयले गर्नुपर्ने सहयोग उपलब्ध गराउन आपूm प्रतिबद्ध रहेको बताउनुभयो । एभेस्ट इन्टर नेश्नल म्यानेजम्येन्ट कन्सलटेन्सीका प्रबन्ध निर्देशक शैलेन्द्र खरेलले आइएसओ सर्टीफिकेट लिइ शिक्षा सदन माविले शिक्षण विधि, पद्धती, मापदण्ड परिपालना गर्न विद्यालय व्यवस्थापन, शिक्षक वर्ग प्रतिवद्ध भइ कार्यन्वयन गर्न आँट गनुभएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । प्रबन्ध निर्देशक खरेलले विद्यार्थीहरुको शैक्षिक सर्वाङगीण बिकासमा मद्दत पुग्ने र सामुदायिक विद्यालयको विद्यार्थीहरुको शैक्षिक गुणात्मकतामा वृद्धि हुने तर्क गर्नुभयो । उत्कृष्ट विद्यार्थी सम्मान, पुरस्कार वितरण कार्यक्रम, छात्रवृति प्रदान कार्यक्रम गरिएको कुरा इएमओएस अफिसर पुकार कर्णजीतले जानकारी दिनुभयो । कार्यक्रममा बनेपा नगरपालिका वडा नं. ८ का अध्यक्ष शुभलक्ष्मी मानन्धर, विद्यालय व्यवस्थापन समिति पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, अभिभावक, विद्यार्थीहरु विद्यालयका चन्दा दाता, सहयोगी शिक्षा सेवीहरुको कार्यक्रममा सहभागीता रहेको थियो । कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमसुन्दर श्रेष्ठले गर्नुभएको कार्यक्रमको सञ्चालन ज्ञानु दाहालले गर्नुभएको थियो । उक्त विद्यालयमा ६ सय ६२ विद्यार्थी अध्यपनरत छन् ।
