गत भाद्र २३ र २४ गते भएको जेन–जी आन्दोलनले उत्पन्न परिस्थितिबाट भएको फागुण २१ गतेको निर्वाचन भयरहित वातावरणमा दशैभरी चुनाव सम्पन्न भएको छ । काभ्रे जिल्लामा शन्तिपूर्वक ढङ्गबाट चुनाव संकिए सँगै प्रत्यक्ष तर्पmको परिणाम सार्वजनिक भएको छ । काभ्रेको १ र २ दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारले चुनाव जीतेका छन् । प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ मा रास्वपाका उम्मेदवार मधुकुमार चौलागाईले २९ हजार ६ सय १८ मत ल्याई विजयी हुनुभएको छ । कांग्रेसका गुणराज मुक्तानलाई १० हजार ४ सय ५२ मतान्तरको फराकीलो मतान्तरले चौलागाई विजयी हुनुभएको हो । कांग्रेसका मुक्तानले १९ हजार १ सय ६६ मत प्राप्त गरी देश्रो स्थान हाँसिल गर्नुभएको हो । त्यस्तै गरी काभ्रे क्षेत्र नं. २ बाट बदनकुमार भण्डारीले ५३ हजार ३ सय ४४ मत प्राप्त गरी विजयी हुनुभयो । कांग्रेसका मधु आचार्यलाई ३५ हजार ४ सय ७६ फराकीलो मतान्तरले भण्डारीले जित्नु भएको हो । कांग्रेसका आचार्यले १७ हजार ८ सय ६८ ल्याई दोश्रो हुनुभएको हो । काभ्रे जिल्लामा क्षेत्र नं. १ मा ९१ हजार १ सय २८ मत खसेकोमा प्रतिशतमा ५६ दशमलब ५७ प्रतिशत हो । त्यस्तैगरी काभ्रे क्षेत्र नं. २ मा १ लाख ६ हजार २ सय १३ मा ६४ दशमलब १७ प्रतिशत हो । दुबैको गरी काभ्रेमा ६० दशमलव ४२ प्रतिशत मत खसेको छ । काभ्रे क्षेत्र नं. १ मा १८ र २ मा २४ गरी ४२ उम्मेदवारले उम्मेदवार दर्ता गरेका थिए । उनीहरुले प्राप्त गरेको मतपरिणाम यस प्रकार रहेको छ ः
