“अधिकार, न्याय, कार्य सबै महिला र बालिकाहरुका लागि” भन्ने नाराका साथ ११६ औं अन्तराष्ट्रिय महिला दिवस मार्च–८, २०२६ सम्पन्न एम्नेष्टी इन्टरनेशनल समूह ४३ बनेपाले अन्तराष्ट्रिय महिला दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि बनेपा नगरपालिका वडा नं ८ का वडाअध्यक्ष शुभलक्ष्मी मानन्धर, प्रमुख वक्ता कृष्णप्यारी नकर्मी र समूहका संस्थापक संयोजक राजु सरकार । उहाँहरुले महिला अधिकार, शिक्षा, न्याय, समानता समता, सामाजिक न्याय, महिला सशक्तिकरण । विगतदेखि वर्तमानसम्म आइपुग्दासम्मका क्षणहरुको चर्चा गर्दै महिलाको नेतृत्व सफल भएको चर्चा गर्नुभएको कार्यक्रममा प्रमुख सल्लाहकार, सल्लाहकारज्यूहरु, कार्य समिति परिवार, समूह ४३ का सदस्यहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमको सभापति विश्वमाया ध्वजु श्रेष्ठ र कार्यक्रमको सञ्चालन बुद्धरत्न मानन्धर गर्नुभएको थियो ।
