IMG-LOGO

आजाद माविको ७६ औं वार्षिकोत्सवमा योगदान गर्नेलाई सम्मान

 मंगल, फागुन २६, २०८२  --

          शैक्षिक इतिहास बोकेको सामुदायिक विद्यालय बनेपा वडा नं. ५ मा रहेको आजाद माध्यमिक विद्यालयको ७६ औं वार्षिकोत्सव समारोह हिजो सम्पन्न भएको छ । बनेपा नगरपालिका वडा नं. ५ का अध्यक्ष एवं आजाद माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम अधिकारीको सभापतित्व तथा पूर्व जलश्रोत सचिव भुवनेशकुमार प्रधानको प्रमुख अतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्याम कृष्ण मानन्धरले शैक्षिक स्तरीयताको सवालमा प्रतिवेदन प्रस्तुत गर्नुभयो । शिक्षक छत्रवहादुर श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा प्रमुख अतिथि पूर्व जलश्रोत सचिव भुवनेशकुमार प्रधानले विद्यालयले विद्यार्थीहरुको शैक्षिक विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । चन्दा दाताको तर्पmबाट कृष्णगोपाल वैद्य लगायतले मन्तव्य राख्नुभएको थियो । उक्त विद्यालयमा अध्ययन सफलता हाँसिल गरेका पूर्व विद्यार्थीहरु र शिक्षकहरुले समेत हरेक वर्ष उक्त विद्यालयमा अध्यनरत बालबालिकाहरुलाई छात्रवृति दिदैं आएका छन् । विभिन्न विधामा अध्ययनमा उत्कृष्ट हाँसिल गरेका, विषयगतहरुमा सफलता हाँसिल गरेका विद्यार्थीहरुलाई पुरस्कार र छात्रवृत्ति प्रदान गरेको कुरा शिक्षक देवीप्रसाद गौतमले बताउनुभयो । विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम सहित नृत्य प्रस्तुत गरेका थिए । विभिन्न विधामा विद्यार्थीहरुले ८१ हजार वरावरको छात्रवृति विद्यार्थीहरुलाई प्रदान गरिएको थियो । उक्त विद्यालयमा ४ सय २८ विद्यार्थीहरु अध्ययनरत छन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्