IMG-LOGO

पछुतोको अर्थ रहने छैन

 मंगल, फागुन २६, २०८२  – गुरुराज घिमिरे

समर्पण, निष्ठा, योगदानको मूल्य

सायद अपार र अनमोल हुनुपथ्र्यो

हल्लै हल्लाको देशमा पाकेको खिचडी

भूपिको कविता जस्तो

कहाँबाट आयौं र कहा जाने

गन्तव्यहीन यात्रा

हिजो र भोलिको कुनैं ठेगान नभएको

बेवारिस र उल्फाको धन झैं

एउटा छद्म रुप

देखिने एउटा

वास्तविकता अर्को

परिवार एउटै, मूल्य एउटै

किन्तु चरित्र फरक

स्वरुप मानवीय

पशुवत क्रिया र व्यवहार

पारदर्शी छ समाज

देखिन्छ र भोगिन्छ पनि

अनि थाहा पनि पाइन्छ

जसले जे सक्यो त्यही गर्ने रहेछ

चौराहा,चौतारी र देउरालीमा भेटौंला

आ–आफ्नो हिसाब किताब गरौंला

आ–आफ्नो बाटो हिडौंला

रून पनि पाइने छ, हाँस्न पनि पाइने छ

पछुतोको अर्थ भने रहने छैन !

 

          (मोरङ– ४ बाट रास्वपाका उम्मेदवार सन्तोष राजवंशीले गुरुराज घिमिरेलाई पराजित गरेका छन् । कांग्रेस महामन्त्री घिमिरेलाई २४ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै राजवंशी विजयी भएका हुन् । उनले ३६ हजार ८५९ मत प्राप्त गर्दा घिमिरेले १२ हजार १४७ मत ल्याएका थिए । पराजित भए पछि काग्रेस महामन्त्री गुरुराज घिमिरेले मनको बह पोख्दै फेसबुकमा लेखेको कविता यस्तो लेखेका हुन् ।)

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्