IMG-LOGO

काभ्रे बहुमुखी क्याम्पसको ४५औं वार्षिकोत्सव सम्पन्न

 मंगल, फागुन १९, २०८२  --

      काभ्रे बहुमुखी क्याम्पसको ४५औँ वार्षिकोत्सव कार्यक्रम गत मंगलबार सम्पन्न भएको छ । प्रमुख अतिथि बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र वादेले कार्यक्रमको उद्घाटन गर्नुहुदै निर्वाचन सम्पन्न भएपछि विद्यालय व्यवस्थापनमा देखिएका समस्याहरू समाधानतर्फ प्रदेश सरकार सकारात्मक रूपमा अघि बढ्ने उद्घोष गर्नुभयो । विशेष अतिथि बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले बनेपा बहुप्राविधिक विद्यालय ८० रोपनी क्षेत्रफल अन्तर्गतको भौतिक संरचनामा हाल चार सय विद्यार्थी मात्र अध्ययनरत हुनु दुःखद भएको भन्दै  भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनको कठिन परिस्थितिमा सहयोगको अपेक्षा गर्दा विद्यार्थी उक्साएर आन्दोलनको चेतावनी दिइएको प्रष्ट पार्नुभयो । कार्यक्रममा क्याम्पसका कोषाध्यक्ष रामराजा धौवडेलले आर्थिक प्रतिवेदन, क्याम्पस प्रमुख के.जी. बैदारले क्याम्पसको प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियोे । उक्त कार्यक्रममा किशन–हरि खैलुगी छात्रवृत्तिबाट कमला मैनाली सम्मानित हुनुभएको थियो भने लीला मध्यमार्ग छात्रवृत्तिबाट संगिता श्रेष्ठसहित विभिन्न छात्रवृत्ति कोषमार्फत १६ जना विद्यार्थीलाई सम्मान गरिएको बताईएको छ । क्याम्पस सञ्चालन समितिका अध्यक्ष लम्बोदर कायस्थको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मोहन दुवालले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन समिति सदस्य कृष्णप्यारी नकर्मीले गर्नुभयो ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्