IMG-LOGO

सेमरक निष्टको ८ औं दीक्षान्त समारोह सम्पन्न

 मंगल, फागुन १९, २०८२  --

      सेमरक निस्ट तारा पुन्ज स्कुल बनेपाको १२ औं वार्षिकोत्सव तथा ८ औं दीक्षान्त समारोह शनिबार बनेपा पार्टी भेन्यूमा सम्पन्न भयो । निस्ट फाउण्गेशनका अध्यक्ष डा. माधव बरालको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल हुनुहुन्थ्यो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि भुजेलले संस्थागत विद्यालयहरुले सृजनसील शिक्षा प्रदान गरी राज्यलाई सघाएको बताउनुभयो । विद्यालयका प्रिन्सिपल अशोक पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्दै बालबालिकाहरुको शिक्षण सिकाइमा प्रभावकारीता ल्याइ चौतर्फी विकास हुने बाल केन्द्रित शिक्षा प्रदान गरेका बताउनुभयो । विद्यालयका अभिभावक डाक्टर सुदिन्द्र कार्कीले विद्यालयका शिक्षक वर्गले बालबालिकाहरुको रेखदेख र बालकेन्द्रित शिक्षण सिकाईले अभिभावकहरुको विस्वास जीत्न सकेको बताउनुभयो । सिद्धार्थ एकेडेमीका प्रिन्सिपल गुञ्ज प्रसाद लुइटेल, सामुदायिक रेडियो प्रसारक संघ काभ्रे संयोजक एवं काभ्रे टाइम्सका कार्यकारी सम्पादक रमेशप्रसाद न्यौपानेले शैक्षिक विकासको सवालमा चर्चा गर्नुभएको थियो । विद्यालयमा ३ सय विद्यार्थी अध्ययनरत छन् । उक्त समारोहमा मन्टेश्वरीका २० जना विद्यार्थी दीक्षत रहेका विद्यालयले जनाएको छ । विद्यार्थीहरुले विभिन्न सामाजिक संस्कार भेष भुषा सहित सांस्कृतिक कार्यक्रममा प्रस्तुत गरेका थिए ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्