IMG-LOGO

नेपाल पुलिस स्कुल साँगाले मनायो स्थापना दिवस

 मंगल, फागुन १९, २०८२  – हरिनाथ न्यौपाने

      नेपाल पुलिस स्कुल साँगाको ४२औं स्थापना दिवस तथा वार्षिक खेलकुद कार्यक्रम गत मंगलबार सम्पन्न भएको छ । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यकममा विद्यालयको मुखपत्र ‘दीपिका २०८२’ को विमोचन गरिएको थियो । कार्यक्रममा संघकी अध्यक्ष कार्कीले नेपाल पुलिस स्कुल साँगाले विगत ४२ वर्षदेखि गुणस्तरीय शिक्षा, अनुशासन र नैतिक शिक्षाको माध्यमबाट सक्षम, अनुशासित र जिम्मेवार नागरिक उत्पादनमा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । विद्यालयको स्थापना दिवसमा आयोजित विविध अतिरिक्त क्रियाकलापका विजेताहरू, उत्कृष्ट शिक्षकहरू तथा उत्कृष्ट प्रहरी कर्मचारीहरूलाई नगद, शिल्ड, मेडल, पुरस्कार तथा प्रशंसापत्र वितरण गरिएको कार्यक्रममा विद्यार्थीहरूले विभिन्न क्रियाकलापहरू (मार्चपास, जुडो, कराते, तेक्वान्दो, जिम्न्यास्टिक, ट्रयाक एण्ड फिल्ड ईभेन्ट्स) प्रदर्शनी गर्नुका साथै विविध साँस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए । नेपाल पुलिस स्कुल साँगाका उप–प्राचार्य भरत सिग्देलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक हिमालय कुमार श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गर्नुभयो ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्