बेलर इन्टरनेशनल एकेडेमी बनेपाले तेस्रो चरण अन्तर्गतको (कक्षा ६ देखि १० सम्म) अभिभावक दिवस एवं सांस्कृतिक कार्यक्रम शनिबार सम्पन्न गरेको छ । प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेलको प्रमुख आतिथ्यता एवं विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भोला थापाको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि भुजेलले कार्यक्रम लाई सम्बोधन गर्दै बालबालिकाको प्रतिभा प्रस्फुटनका लागि बेलर एकेडेमीले गरिरहेका क्रियाकलाप हरुको प्रशंसा गर्नुभयो । विशिष्ट अतिथि प्याब्सन बनेपाका अध्यक्ष महेन्द्र विष्टले गुणस्तरीय शिक्षाका लागि बेलर स्कुल अब्बल रहेको भन्दै खुसी व्यक्त गर्नुभयो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भोला थापाले बेलर इन्टरनेशनल एकेडेमीले समय सापेक्ष ज्ञान, प्रविधी र सीप विद्यार्थीहरुलाई उपलब्ध गराउन भौतिक पूर्वाधारका साथै अतिरिक्त कृयाकलापलाई समेत प्राथमिकता दिएको उल्लेख गर्नुभयो । बेलर एकेडेमीकी प्रिन्सिपल इन्दु थापाले अनुशासित तथा नैतिकवान नागरिक उत्पादनका लागि बेलर एकेडेमीका शैक्षिक कार्यक्रमहरु केन्द्रित गरेको बताउनुभयो । बेलर स्कुलका एकेडेमिक प्रमुख अनुपजंग थापा, शिक्षक–शिक्षिका, अभिभावक, विद्यार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा विद्यार्थीहरुले विविध सांस्कृतिक प्रस्तुति मार्फत मनोरञ्जन प्रदान गरेका थिए ।
