IMG-LOGO

खाडीमा मारिए गोरखाका दिवस

 मंगल, फागुन १९, २०८२  --

 

      यूएईको आबुधाबीमा इरानी ड्रोन आक्रमणमा परी मृत्यु हुने नेपाली नागरिक गोरखाका दिवस श्रेष्ठ रहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । उनी २९ वर्षका थिए । यूएई सरकारले त्यहाँस्थित नेपाली राजदूतावास मार्फत् नेपाल सरकारलाई मृतकबारे जानकारी उपलब्ध गराएको हो । अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा श्रेष्ठको मृत्यु भएको बताइएको छ । उनी सुरक्षा गार्डको रूपमा कार्यरत थिए । त्यहाँ उनीसहित तीन जनाको मृत्यु भएको यूएईको विदेश मन्त्रालयले जनाएको छ । परिस्थिति सहज भएपश्चात् श्रेष्ठको शव स्वदेश फिर्ता पठाइने नेपाली राजदूतावासले जनाएको छ ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्