IMG-LOGO

इलाका प्रहरी बनेपालाई सहकारी क्षेत्रको सहयोग

 मंगल, फागुन १९, २०८२  --

 

 

      जेन–जी आन्दोलनको क्रममा क्षति पुगेको भवन मर्मत सुधार र आवश्यक समाग्री खरिदको लागि सहकारी संस्थाबाट रकम संकलन गरी इलाका प्रहरी कार्यालय बनेपालाई आइतबार सहयोग गरेको छ । काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रताप वैद्य नेतृत्वको टोली, जिल्ला सहकारी संघ काभ्रे, जिल्ला बचत संघ काभ्रेमा आवद्ध रहेका सहकारी संस्थाहरुबाट रकम संकलन गरी इलाका प्रहरी कार्यालय बनेपाका कार्यालय प्रमुख रामेश्वर त्वातीलाई १ लाख १५ हजार हस्तान्तरण गरेको कुरा जिल्ला बचत संघ काभ्रेका प्रमुख कार्यकारी अधिकृत गुरुप्रसाद ढकालले बताउनुभयो । जिल्ला बचत संघ काभ्रे, जिल्ला सहकारी संघ काभ्रे, आभाष साकोस, बनेपा, सामुदायिक साकोस पनौती, ज्योति मिर्मिरे सामुहिक साकोस पनौती, लक्ष्मी महिला साकोस पनौती, महिला आधारशिला साकोस बनेपा, एक्सप्रेस साकोस बनेपा, सक्षम साकोस बनेपा र सहयात्रा देविस्थान बहुउद्देश्यीय सहकारी संस्था लि. पनौती गरी १० सहकारी संस्थाले १ लाख १५ हजार रकम हस्तान्तरण गरेको हो । जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष अमन पोटे श्रेष्ठ, जिल्ला बचत संघका अध्यक्ष उदयराम कायस्थ, मेनेजर्स क्लब कभ्रेको अध्यक्ष गोपाल दाहाल, सहकारीकर्मी, उद्योग वाणिज्य संघका पदाधीकारी र सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्