बेलर किड्स क्यास्टल बनेपाले अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भोला थापाको अध्यक्षता रहेको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख शान्तिरत्न शाक्यले नागरिकहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न निरन्तर लागि परेको बताउनुभयो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भोला थापाले बेलर इन्टरनेशनल एकेडेमीले आधुनिक ज्ञान, प्रविधी र सीप सहितको शिक्षा विद्यार्थीहरुलाई उपलब्ध गराउन भौतिक पूर्वाधारका साथै अतिरिक्त कृयाकलापलाई समेत प्राथमिकता दिएको बताए । ‘विद्यार्थीहरुलाई कला, सस्कृति, सम्पदा, भाषा सँगै सीपयुक्त ज्ञान उपलब्ध गराउँदै आएको बताउनुभयो ।
बेलर एकेडेमीकी प्रिन्सिपल इन्दु थापाले बालबालिकाहरुको शिक्षण सिकाईलाई थप प्रभावकारी बनाउन र ब्यवहारीक, अनुशासित तथा नैतिकवान नागरिक उत्पादनका लागि बेलर एकेडेमी शैक्षिक गन्तव्य भएको बताउनुभयो । बेलर किड्स क्यास्टलकी प्रिन्सिपल सविना के प्रजापतिले बालबालिकाहरुको सिकाई वालकेन्द्रीत गरेको बताउनुभयो ।
कार्यक्रममा कक्षा ५ मा अध्ययनरत बालबालिकाहरुले हजुरबुवा हजुरआमालाई सम्मान गरिएको थियो । कार्यक्रममा बालबालिकाहरुलाई सांस्कृतिक कार्यक्रम, खेल तथा विभिन्न अतिरिक्त कृयाकलाप प्रस्तुत गरेका थिए । कार्यक्रममा बेलर स्कुलका एकेडेमिक प्रमुख अनुपजंग थापा तथा अन्य विभागिय प्रमुखहरु, विभिन्न क्षेत्रका ब्यक्तिहरु, अभिभावक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बालबालिकाहरुले विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रम शिक्षिका सविना दाहाल बजगाईले संचालन गर्नुभएको थियो ।
