IMG-LOGO

स्काउट क्याम्प सम्पन्न

 मंगल, फागुन १२, २०८२  --

     बनेपा नगरपालिकाको आयोजनामा तथा स्थानीय स्काउट तदर्थ समिति बनेपाको संयोजनमा ३ दिने द्वितीय स्थानीय स्काउट क्याम्प २०८२ सम्पन्न भएको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका मन्त्री कन्चनचन्द्र बादेको प्रमुख अतिथि हुनुहुन्थ्यो ।

     बनेपा नगरपालिका उप प्रमुख विमला सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा स्काउट क्याम्प बनेपा बासडोलको गणेश भारती माविमा फागुन ७ गते बाट शुरु भई ९ गते सम्म सञ्चालन भएको थियो । बनेपा नगरपालिका भित्रका ८ वटा सामुदायीक विद्यालयका १ सय ७८ जना विद्यार्थीहरु उक्त क्याम्पमा सहभागि रहेका तर्दथ समिति संयोजक पुकार कर्णजितले जानकारी दिनुभयो । कर्णजितले स्काउटको तीन दिने तालिममा स्काउटका विद्यार्थीहरुलाई डोरीको सहायताले उचाइबाट झर्ने, जालीभित्र घिस्रेर पार गर्ने, कमाण्डो पुल बञ्चरो फाल्ने खेल, पदयात्रा, जिपलाइन, धनुविद्या, सुरुङभित्र घिस्रेर जाने, टायरपुल, टायर पर्खाल र ट्रान्सपोर्टर लगाएत सिकाईएको बताए । त्यसै गरी वद्यार्थीहरुलाई अनुशासन, जिवनमा सर्घष गर्नु पर्ने, टिम वर्कको आवश्यकता, सास्कृतिक कल्चरको संरक्षण, नेतृत्व विकास लगाएतका विभिन्न गतिबिधि सिक्ने कर्णजितले उल्येख गर्नुभयो । कर्णजितले हरेक मानिसका लागि स्काउट तालिमको आवश्यक रहेको बताए ।

     समापन कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष कमलप्रसाद घिमिरे, वडा नम्बर ४ का वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, वडा नम्बर १२ का वडा अध्यक्ष रामबहादुर कुँवर, बनेपा नगरपालिका शिक्षा शाखा अधिकृत शिबराज त्रिपाठी, स्काउटका जिल्ला आयुक्त मोहनगोपाल श्रेष्ठ, चण्डेश्वरी सृष्टिकान्त विद्यालयका प्रधानध्यापक श्यामप्रसाद पाण्डे, स्थानिय स्काउट संयोजक पुकार कर्णजित, स्काउटका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य गणेश भारती माविका प्रधानाध्यापक प्रेम प्रसाद वाग्लेले स्वागत मन्तब्य दिनुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्