IMG-LOGO

बिन्धवासिनी साकोसको कुल कारोबार ५ अर्ब ४९ करोड

 मंगल, फागुन १२, २०८२  --

     बिन्धवासिनी वचत तथा ऋण सहकारी संस्था पनौती खोपासीले आफ्नो ३३औं स्थापना दिवस विविध कार्यक्रम संचालन गरी सम्पन्न गरेकोछ । स्थापना दिवसको अवसर पारी संस्थाले पनौती न.पा. १ मा रहेको शान्ती निकेतन माविमा विद्यार्थाीहरुको लागि वित्तीय साक्षरता कार्यक्रम, शैक्षिक बाल बचत कर्ताहरुको बृत्तिविकासका लागि “आजको आवश्यकता, सहकारी शिक्षा” विषयक सेवा कार्यालय स्तरीय वकतृत्वकला प्रतियोगिता, खुल्ला रक्तदान कार्यक्रम, कर्मचारी र पदाधिकारीहरुको लागि “जिम्मेवारीदेखि नतिजासम्मः वित्तीय संस्थाहरूमा प्रेरणादायी नेतृत्व, सुशासन, र मानव पूँजी उत्कृष्टता” अनुशिक्षण कार्यक्रम र विभिन्न विधामा सम्मान तथा पुरस्कार वितरण गरेको थियो । २०५० साल कार्तिक २९ गते प्रादुर्भाव भई विधिवत रुपमा २०५० साल फागुन ६ गते डिभिजन सहकारी कार्यालय काभ्रेमा दर्ता भएको मितिलाई आधार मानी संस्थाले फागुन ६ गते स्थापना दिवस मनाउँदै आएकोछ । संस्थाको अध्यक्ष शान्तकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि संस्थापक अध्यक्ष भरतप्रसाद शर्माले सस्था स्थापनाकालको स्मरण गर्दै सहकारी भनेको सदस्यको हितमा कार्य गर्ने संस्था भएकोले बैंक जस्तो वचत र ऋणको मात्र कारोबार नगरी सदस्यको सुखदुःखको सारथी बनेको औंल्याउनुभयो । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत केवि लामा स्याङ्तानले विन्धबासिनी संस्थाको स्थापना देखिहालसम्मको गतिविधि प्रस्तुत गर्नुहुदै सानो सुकुल र ट्याङकाबाट ३२ वर्ष अगाडि प्रारम्भ गरेको संस्थाले हाल काभ्रे लगायत उपत्यकाका तीन जिल्लामा सेवा विस्तार गरी आफ्नो ६० हजार एक सय ३१ जना सदस्य र १२ हजार तीन सय ५१ शैक्षिक बाल वचतकर्ता गरी ७२ हजार चार सय बयासी जनालाई सेवा प्रदान गरी रु. ५३ करोड ८४ लाख ९९ हजार शेयर पूँजी, रु. चार अर्ब १८ करोड दुई लाख ३६ हजार बचत,  रु. ६० करोड १४ लाख ८१ हजार जगेडा तथा अन्य कोष गरी कूल कारोबार रु. पाँच अर्ब ४८ करोड ८७ लाख एक हजार कारोवार गर्न सफल भएको र संस्थाले सदस्यको हितको लागि विभिन्न राहत सुविधा, वीमा तथा सुरक्षण सेवा, आयमुलक सिपमुलक तालिम, अध्ययन अवलोकन भ्रमण, अन्धोपन निवारण, स्वास्थ्य शिविर, निःशुल्क रक्ततत्व वितरण, स्वास्थ्य उपचार छुट सुविधा, सहुलियत व्याज अनुदान, कृषि परामर्श तथा प्राविधिक सेवा र सामाजिक सामुदायिक कार्य गर्दै आधुनिक प्रविधिमैत्री सेवा प्रदान गरेको जानकारी दिनु भएको थियो ।

संस्थापक अध्यक्ष शर्मा लगायत सम्मानित

     कार्यक्रममा भरतप्रसाद शर्मालाई नगद सहित संस्थापक अध्यक्ष सम्मान, २४ जना पूर्व सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका सदस्यहरुलाई कदरपत्र सहित सम्मान तथा सेवा कार्यालय व्यवस्थापन उप समितिमा रही योगदान पु¥याउनु भएका १८ जना निर्वतमान पदाधिकारीहरुलाई कदरपत्र सहित सम्मानगरिएको थियो । उहाँहरुलाई संस्थाका अध्यक्ष र निवर्तमान अध्यक्ष प्रदिप थापाले सम्मान गर्नु भएको थियो ।

     कार्यक्रममा ५ जना जेहेन्दार र उत्कृष्ट शैक्षिक बाल बचतकर्तालाई छात्रबृत्ति प्रदान गर्नुका साथै वक्तृत्वकला प्रतियोगितामा प्रथम,द्धितीय, तृत्तीय र सान्त्वना हुन सफल क्रमशः अञ्जली काफ्ले, नितेश चिमौरिया, अनुस्का गिरी  र आचल खड्कालाई नगद पुरस्कार प्रमाण पत्र प्रदान गरिएको थियो भने छ वटा सहयोगी संघ संस्थाहरुलाई कृतज्ञता पत्र प्रदान गरिएको थियो ।

     कार्यक्रममा प्रमुख अतिथि भरतप्रसाद शर्माले सहकारी अभियन्ता मुकुन्दप्रसाद दाहाललाई सम्मान, आ.व. २०८१÷०८२ को कार्यसम्पादन मुल्याङ्कनमा उत्कृष्टहुन सफलबनेपा सेवा कार्यालय, कर्मचारीहरु सुरज अधिकारी, सविता भण्डारी कोइराला र सोविता लामिछाने न्यौपानेलाई नगद सहित पुरस्कृत र २० वर्ष सेवा अवधि पूरा भएका कर्मचारीद्वय दिपक गुरागाई र नमराज तिमल्सिनालाई दीर्घ सेवा पदक प्रदान गर्नु भएको थियो । सोही अवसरमासंस्थाका सदस्यहरुलाई आवश्यक परेको बेलामा नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाबाट निःशुल्क रगत उपलब्ध गराउने गरी सम्झौता समेत गरिएको उक्त कार्यक्रम संस्थाका सचिव डोरेन्द्रराज सापकोटाले संचालन गर्नु भएको थियो उपाध्यक्ष रामहरिशर्मा तिमल्सिना, पूर्व संचालक डा.अम्भुभवानी काकीर्, नेपालरेडक्रस सोसाइटी जिल्ला शाखा काभ्रेका सभापति देवेन्द्र प्रसाद भैल लगायतले संस्थाले ग्रामिण क्षेत्रका जनताको आर्थिक तथा सामाजिक विकासका लागि सहकारी मार्फत पु¥याएको योगदानको चर्चा परिचर्चा गर्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्