IMG-LOGO

अर्किड इन्टरनेश्नलको १६ औं दीक्षान्त सम्पन्न

 मंगल, फागुन १२, २०८२  --

     अर्किड ईन्टरनेश्नल एकेडेमी बनेपाको १६ औ वार्षिकोत्सब, दीक्षान्त समारोह तथा अभिभाबक दिवस बनेपा नगरपालिका वडा नम्बर ८ की वडा अध्यक्ष शुभलक्ष्मी मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । प्रमुख अतिथी मानन्धरले विद्यालय शैक्षिक ज्ञान सिक्ने पाठशाला मात्र नभइ जीवनलाई सकारात्मक दिशामा अघि बढाउने थलो भएको बताउनुभयो ।

     कार्यक्रममा विद्यालयकी संस्थापक प्रिन्सिपल अनिता प्रजापतिले शैक्षिक विकासको अवस्था सहित वार्षिक प्रतिबेदन प्रस्तुत गरेकी थिईन् । विद्यालयमा प्ले ग्रुप देखि कक्षा ८ सम्म अध्यापन हुँदै आएको प्रजापतिले बताउनुभयो । कार्यक्रमको सभापतित्व विद्यालयका व्यवस्थापन सञ्चालक अध्यक्ष पुकार कर्णजीतले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तब्य सहायक प्रिन्सिपल सौरभ केसीले गर्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्