प्रगति प्रभात एकेडेमी सेकेन्डरी स्कूलको ३९ औ अभिभावक दिवस, वार्षिकोत्सव, एस.ई.ई. विदाई तथा पुरस्कार वितरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । दुई दिनसम्म गरिएको उक्त कार्यक्रमको पहिलो दिन प्रमुख अतिथि स्कुलका संस्थापक प्रिन्सिपल जयन्द्र प्रधानले उद्घाटन गर्नुभयो । पहिलो दिन कक्षा नर्सरीदेखि कक्षा युकेजीसम्मका विद्यार्थीले आफनो प्रतिभा देखाएका थिए ।७ सय जना विद्यार्थीहरुले अध्ययन गरिरहेको विद्यालयको वार्षिक प्रतिबेदन प्रिन्सिपल सुमित्रा श्रेष्ठ ताजपुरीयाले प्रस्तुत गर्नुभएको थियोे । कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो भने शिक्षकलाई सम्मान गरिएको थियो । कार्यक्रममा धन्यवाद ज्ञापन निर्देशक चन्द्रप्रसाद ताजपुरियाले राख्नुभयो ।कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हिटलर शाक्य, नेपाली शिक्षक विज्ञ राम चन्द्र भट्टराई, व्यवस्थापकिय निर्देशक चन्द्र प्रसाद ताजपुरिया, प्रिन्सिपल सुमित्रा श्रेष्ठ, परीक्षा प्रमुख गणेश हुमागाई, अतिरिक्त क्रियाकलाप प्रमुख रोजिता पराजुली लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
यस्तै दोस्रो दिन जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतमको प्रमुख आतिथ्यतामा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुको अभिभावक दिवस सम्पन्न भयो । कार्यक्रममा विशिष्ट अतिथि प्याप्सनका केन्द्रिय महासचिव भिमसेन केसि, बनेपा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष बलराम अधिकारी लगायत अभिभावक, शिक्षक तथा स्थानीय व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गौतमले शिक्षा, अनुशासन र सामाजिक उत्तरदायित्व नै सफल जीवनको आधार भएको उल्लेख गर्नुभयो । विद्यालयकी प्रिन्सिपल सुमित्रा श्रेष्ठ ताजपुरीयाले कक्षा ८ देखि स्मार्ट बोर्डमार्फत अध्यापन गरिँदै आएको र विद्यार्थीहरूलाई प्राविधिक शिक्षासँग जोड्ने नीति अवलम्बन गरिएको बताउनुभयो । अतिरिक्त कक्षालाई विशेष प्राथमिकतामा राखी गुणस्तरीय शिक्षा प्रदान गरिँदै आएको उल्लेख गर्दै उहाले प्रत्येक विद्यार्थीलाई उनीहरूको क्षमता र रुचिअनुसार विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी गराइँदै आएको जानकारी दिनुभयो । समारोहमा शैक्षिक तथा अतिरिक्त गतिविधिमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो भने योगदान पु¥याउने शिक्षकहरूलाई सम्मान गरिएको थियो । विद्यालय प्रशासनले आगामी दिनमा प्रविधिमैत्री शिक्षा, अनुशासित वातावरण र सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राख्दै संस्थालाई अझ उत्कृष्ट बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
