चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको बार्षिक कार्ययोजना अनुसार यस संस्थाको महिला बिकास उप समिति संयोजक मनोहरी पोटेको संयोजकत्वमा बुधबार चण्डेश्वरी साकोसमा सदस्य रहेका ६० बर्ष देखि ७५ वर्ष सम्मका जेष्ठ सदस्यहरुलाई तिर्थातन भ्रमण कार्यक्रम सम्पन्न गरेको छ । भक्तपुरको गुण्डु स्थित लिखा नारायण मण्डिर, गुण्डु पाथिभरा माता र अनन्तलिङ्गेश्वर महादेवको दर्शन गरी तीर्र्थाटन कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा जम्मा ३८९ जना जेष्ठ सदस्यहरु सहभागी रहेका थियो । चण्डेश्वरी साकोसले बर्षेनी यस प्रकारका तीर्थाटन कार्यक्रम गर्दै आईरहेको छ । ६० देखि ७५ बर्ष सम्मको सदस्यलाई तीर्थाटन र ७५ बर्ष माथिका सदस्यलाई सम्मान कार्यक्रम गर्ने चण्डेश्वरी साकोसको बार्षिक योजना रहेको संस्थाका कार्यालय प्रमुख रविन्द्र पोटेले जानकारी दिनुभयो ।
