शैक्षिक गुणस्तर बिकासमा निरन्तर अग्रसर ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले आफ्नो २३ औं वर्षमा प्रवेश गरेको छ । कार्यक्रमका प्रमुख अतिथि ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्दि«य उपाध्यक्ष सुरकृष्ण वैद्यले शैक्षिक विकासले गुणस्तरीय शिक्षाको अभिवृद्धिमा निजी शैक्षिक संस्थाहरूको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्दै विद्यालयको प्रगती प्रसंसनीय रहेको बताउनुभयो । प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप वैद्यले शैक्षिक स्तर बृद्धिको परिचर्चा गर्नुभयो ।
कार्यक्रमका क्रममा सहायक प्रिन्सिपल नमराज दाहालले विद्यालयले विगत वर्षभरि हासिल गरेका उल्लेखनीय उपलब्धिहरू हाँसिल गरेको बताउनुभयो । साथै, प्ले ग्रुपदेखि स्नातकोत्तर तहसम्मका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा बनेपा नगरपालिका वडा नं. ८ का अध्यक्ष शुभलक्ष्मी मानन्धर, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, काभ्रे जिल्ला प्याबसनका अध्यक्ष श्याम बहादुर भुजेल, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू तथा जिल्लाका क्रियासिल सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
शैक्षिक योगदान गर्नेलाई सम्मान
विद्यालयले शिक्षा तथा कलाकारीता क्षेत्रमा काभ्रे जिल्लामा विशेष योगदान पु¥याउने भुषण भोमि श्रेष्ठ, के.जी. वैदार, जुजुभाई मानन्धर र मोहन तौजलेलाई सम्मान गरेको थियो । कार्यक्रमको प्रमुख आकर्षण विद्यार्थीहरूले प्रस्तुत गरेका मौलिक नृत्य, संगीत, नाटक तथा सांस्कृतिक प्रस्तुति रहेको थियो । उपस्थित अभिभावक तथा अतिथिहरूले यस्ता कार्यक्रमले विद्यार्थीहरूको बौद्धिक, सांस्कृतिक, नैतिक तथा व्यावसायिक क्षमताको अभिवृद्धिमा महत्त्वपूर्ण योगदान दिएको चर्चापरिचर्चा गरिएको थियो ।
विगत २३ वर्षमा ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले शिक्षाक्षेत्रमा उल्लेखनीय योगदान गर्दै नवीनतम शिक्षण प्रविधिहरूलाई आत्मसाथ गरेको छ । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विविध सुधार कार्यक्रमहरू सञ्चालन गर्दै आएको विद्यालयले विद्यार्थीहरूको समग्र विकासका लागि खेलकुद, सृजनात्मक लेखन, कला, विज्ञान प्रदर्शनी तथा अतिरिक्त क्रियाकलापहरूमा विशेष ध्यान केन्द्रित गर्दै आइरहेको छ । विद्यालयले शिक्षाका अतिरिक्त सामाजिक सेवामा समेत सक्रिय भूमिका निर्वाह गर्दै विभिन्न परोपकारी कार्यक्रम सञ्चालन गरिरहेको छ । साथै, प्रविधिमा आधारित शिक्षण प्रणालीलाई आत्मसात् गर्दै डिजिटल कक्षाको सञ्चालनलाई प्रवद्र्धन गरिएको छ ।सहकारी भावना तथा सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै विद्यालयले विभिन्न परियोजनाहरू सञ्चालन गरिरहेको छ । साथै, ग्रामीण क्षेत्रका विद्यार्थीहरूका लागि विशेष छात्रवृत्ति योजनामार्फत आर्थिक रूपमा विपन्न विद्यार्थीहरूलाई शैक्षिक अवसर प्रदान गर्ने कार्य भइरहेको जनाएको छ ।
