ज्ञानको ज्योति पैmलाउने काभ्रेलि शिक्षा सेवी र साहित्य सेवी ६ जनालाई सम्मान गरेको छ ।
प्रतिभा सम्मान प्रवन्ध गूठी बनेपाले ६ जना शिक्षासेवीहरुलाई सम्मान गरेको छ । नगद १५ हजार रुपैया सहित जिल्लाका ५ जना र जिल्लामा सेवा गर्ने एक जना गरी ६ जनालाई शनिबार एक कार्यक्रमका साथ भब्य सम्मान गरेको हो । अध्यक्ष मोहन दुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रा.डा.अच्युत वाग्लेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वाग्लेले शिक्षा धर्म सस्कृति, नैतिकता र शिक्षालाई उद्योगसँग जोडेर विद्यार्थीहरुलाई देशमै रोजगारी दिनुपर्ने बताउनुभयो । कार्यक्रममा २०८१ सालको सम्मान तेजगंगा बहुमुखी क्याम्पस पनौतीकी संस्थापक क्याम्पस प्रमुख डा.अम्बुभवानी कार्की, काभ्रे क्याम्पसकी पुर्व क्याम्पस प्रमुख कमला कायश्थ र काभ्रे मावीका पुर्व प्रिन्सिपल गोविन्दलाल प्रधानाङ्गलाई प्रदान गरिएको थियो भने २०८२ को सम्मान चैन्तन्य क्याम्पसका प्राध्यापक प्रा. भोला केसी, पुर्व शिक्षक माधवप्रसाद अधिकारी र प्रा.डा. रामप्रसाद ज्ञवालीलाई प्रदान गरिएको अध्यक्ष मोहन दुवालले बताउनुभयो । प्रतिभा सम्मान प्रवन्ध गुठी परिवारले हरेक वर्ष यस्ता कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।
