IMG-LOGO

चण्डेश्वरी साकोसको सिप मुलक तालिम

 मंगल, फागुन १२, २०८२  --

     चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको बार्षिक कार्ययोजना अनुसार संस्थाको नाला सेवाकेन्द्र व्यवस्थापन उप समितिको संयोजक रुकमणी देवी राजभण्डारीको संयोजकत्वमा ७ दिने निःशुल्क शिप मुलक तालीम कार्यक्रम सपन्न भएको छ । मिति २०८२ माघ २९ गते देखी सुरु भएको साबुन, हार्पिक, सरफ तथा फिनेल बनाउने तालिम फागुण ११ गते समापन भएको हो । तालिम कार्यक्रम चण्डेश्वरी साकोसको सहकार्यमा उद्योग तथा बाणिज्य कार्यालयको आयोजना तथा बनेपा वडा नं. ४ कार्यालयको समन्वयमा भएको हो । समापन कार्यक्रममा बनेपा वडा नं. ४ का वडा अध्यक्ष श्याम शुन्दर श्रेष्ठ प्रमुख अतिथिकोरुपमा उपस्थीत हुुनुहुन्थ्यो । प्रमाण पत्र बितरणको शिलसिलामा वडा अध्यक्ष श्याम शुन्दर श्रेष्ठले शिप सिकेर मात्र हुन्न व्यवहारमा प्रयोग गर्न सकेको खण्डमा मात्र निखारपन आउने बताउनुभयो । उद्योग तथा बाणिज्य कार्यालय प्रमुख रबिन घिमिरेले सिकेको शिपलाई व्यवसायीक रुपमा रुपान्तरण गरी व्यवसाय दर्ता गरी स्वरोजगार हुनको लागी सहभागीहरुलाई बताउनुभयो भने चण्डेश्वरीका अध्यक्ष नबिन भक्त बादेले व्यवसायीक रुपमा जानको लागी सहकारीले आवश्यक सहयोग सम्पुर्ण गर्ने बताउनु भयो साथै चण्डेश्वरी सहुलिएत दरमा युवा स्वरोजगार ऋणहरु प्रदान गर्दै आईरहेको बताउनु भयो । तालिम कार्यक्रममा बनेपा, पनौती लगाएतका क्षेत्रबाट १७ जना सहभागी रहेका थिए ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्