IMG-LOGO

दुर्घटनामा परी स्कुटी चालक ओमनको निधन, टिपर आगजनी गर्ने पक्राउ

 मंगल, फागुन १२, २०८२  --

     बनेपा÷टिपर आगजनीमा संलग्न १३ जना पक्राउ परेका छन् । गत फागुन ६ गते बनेपा टेलिकम चोकमा टिपर जलाउने कार्यमा संलग्न काभ्रेका ११ सहित १३ युवालाई काभ्रे प्रहरीले सार्वजनिक गरेको छ । बनेपाबाट साँगा तर्फ गईरहेको बा.प्र.०१–००४ क ३४२३ नम्वरको ट्रिपरले सोही दिशा तर्फ गईरहेको बा.प्र.०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । उक्त दुर्घटनामा स्कुटर चालक धुलिखेल नगरपालिका–५ का ३० वर्षीय ओमन प्रधानको मृत्यु भएको थियो । उक्त दुर्घटनापछि आवश्यक अनुसन्धानको लागि खटिएको प्रहरी टोलीमाथि ढुंगामुढा गरी अनुसन्धान कार्यमा अवरोध गर्नुका साथै उक्त ट्रिपरमा आगजनी गरी क्षति पुर्याउने व्यक्तिलाई पक्राउ गरिएको हो । उनीहरुलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट मिति २०८२ फागुन ६ गतेबाटै लागु हुने गरी दिन ७ को म्याद अनुमती लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक रविन विष्टले जानकारी दिए ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्