जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि मतदाता शिक्षा एवं निर्वाचन प्रचार प्रसारका लागि जिल्ला स्थित कृयाशिल संचारकर्मीहरुका बीच छलफल एवं अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी न्यौपानेले निर्वाचन धाँधली रहित निश्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरण निर्माण गर्न सबै लाग्नुपर्ने बताउनुभयो । संचार क्षेत्रको महत्वपूर्ण भूमिका हुने भएकाले त्यसका लागि समन्वय र सहकार्यको अनुरोध गरे । हालसम्म भएको निर्वाचन तयारी सम्वन्धी गतिविधि र आगामी योजनाका बारेमा जानकारी गराउँदै मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले मतदाता शिक्षालाई प्रभावकारी बनाउन गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले मतदातालाई उत्साहित बनाउन, मतदान शिक्षा दिनुपर्ने उल्येख गर्नुभयो । आचार संहिता पालना गर्न र गराउन, भयरहित वातावरण निर्माण गर्न, निश्पक्षताका लागि खवरदारी गर्न त्रास फैलन नदिन संचारमाध्यमहरुले खेल्ने भूमिकाका बारेमा चर्चा गरेका थिए । साथै प्रजिअ अधिकारीले निर्वाचनका लागि उचित ब्यवस्थापन र सुरक्षा ब्यवस्था मिलाईएको जनाउनुभयो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईलाई गराए । जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीले कार्यक्रममा निर्वाचन अधिकृत टिकाभुषण घिमिरे, सुरक्षा निकायका प्रमुखहरु, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, संचारकर्मीहरु लगायतको सहभागिता रहेको थियो ।
