IMG-LOGO

सिद्धार्थ कलेजको २५ औ वार्षिकोत्सव सम्पन्न

 मंगल, फागुन १२, २०८२  --

     सिद्धार्थ कलेज बनेपाको २५ औं वार्षिकोत्सव समारोह होटल सारथी धुलिखेलमा विद्यालयको अध्यक्ष ज्ञानबहादुर केसीको सभापतित्वमा सम्पन्न भयो । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले काभ्रे जिल्ला शैक्षिक विकासको हव भएको संस्थागत विद्यालयको पहिलो स्कुल सिद्धार्थ एकेडेमीले जिल्लामा शैक्षिक गुणस्तर विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । विद्यार्थीहरुको शैक्षिक प्रतिभा र सांस्कृतिक प्रस्तुतीले विद्यालयको शिक्षकहरुको उचाई बढेको उल्येख गर्दै अव विद्यार्थीहरुको शिक्षण सिकाई प्रभावकारीताका साथै रोजगारीको प्रबन्ध गरी पढ्दै गर्दै गर्ने वातावरण तयार गरी विदेश पलायन रोक्न राज्यले नीति ल्याउनुपर्ने धारण प्रमुख अतिथि गौतमले तर्क गर्नुभयो ।

     कार्यक्रममा प्याब्सन केन्द्रीय उप–महासचिव भिमसेन केसी, प्याब्सन काभ्रे अध्यक्ष श्याम भुजेल, बनेपा नगर प्याब्सन अध्यक्ष मेहन्द्र विस्ट, शिक्षासेवीहरुको आतिथ्यता रहेको कार्यक्रममा विद्यालयका प्रिन्सिपल गुञ्जप्रसाद लुइटेलले शैक्षिक प्रगतिको बारेमा प्रस्ट पार्नुभयो । सिद्धार्थ कलेजका प्रमुख पुकार कारञ्जीत, सामुदायिक रेडियो प्रसारक संघ काभ्रेका प्रमुख रमेशप्रसाद न्यौपाने अतिथि रहनुभएको थियो । विद्यालयका अभिभावक रामचन्द्र भट्टराइले मन्तव्य राख्नुभएको थियो । विद्यालयका विद्यार्थीहरुले विभिन्न सांस्कृतिक झाँकी र नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन सहायक प्रिन्सिपल सुधिर न्यौपानेले गर्नुभएको थियो ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्