IMG-LOGO

एभरेष्ट एकेडेमीको अभिभावक दिवस तथा किण्डर गार्टेनको दीक्षान्त

 मंगल, फागुन ५, २०८२  --

               एभरेस्ट एकेडेमी बनेपाको अभिभावक दिवस, किन्डर गार्टेनको दीक्षान्त समारोह, एसईई २०८१ मा उर्तिण विद्यार्थीहरुलाई सम्मान तथा विदाई, स्पोर्टस सप्ताहको समापन र पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुन्दर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याब्सनका उपमहासचिव भिमसेन केसीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी भिमसेन केसीले संस्थागत विद्यालयले देशको शैक्षिक विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । एभरेष्ट एकेडेमीका शैक्षिक कार्यक्रम विद्यार्थीहरुलाई असल र चरित्रवान बनाउने कुरा प्रमुख अतिथि केसीले बताउनुभयो ।

               विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुन्दर थापाले अभिभावकहरुलाई समेत शिक्षित हुने गरी बालबालिकाहरुको चौतर्फी बिकास सहितको शिक्षा प्रदान गर्ने कार्यक्रम संचालन गरिरहेको बताउनुभयो । विद्यालयका प्रिन्सिपल अर्जुन थापाले एभरेष्ट एकेडेमीले समुदायमा प्रविधि सहितको गुणस्तरीय शिक्षा प्रदान गर्न निरन्तर सक्रिय रहने बताउनुभयो ।

               कार्यक्रममा शिर मेमोरियल अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.हेक्टर गायरस, प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल, प्याब्सन जिल्लाका पदाधिकारीहरु, नगरका पदाधिकारीहरु, वडा अध्यक्ष बलराम अधिकारी, विद्यालयकी लेखापाल सुमित्रा अम्गाई, सिनियर सहायक प्रिन्सिपल विकास मानन्धर, सहायक प्रिन्सिपल कविराज न्यौपाने, सिनियर पास्टर एम पुरी, पास्टर कुमार अधिकारी, पास्टर तारामणी प्रसाई, अभिभावक एवं शुभचिन्तक धर्मभक्त प्रधान, अभिभावक प्रतिनिधि जेम्स विस्ट, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । त्यस्तै प्रि प्राईमरी इन्चार्ज सुनिता पराजुली, प्राईमरी इन्चार्ज रमिता श्रेष्ठ, विएलई इन्चार्ज दिपक कार्की, अस्पतालका मानवश्रोत विभाग प्रमुख उमेश यमन थापा, संचारकर्मीहरु, अभिभावक र विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो ।

               सोहि अवसरमा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रममा प्रतिभा प्रस्तुत गरेका थिए । एसईई उर्तिणहरुलाई सम्मान सहित विदाई गरिएको थियो । खेलकुद सप्ताहमा आयोजित विभिन्न विद्याका उत्कृष्टहरुलाई पुरस्कार वितरण गरिएको थियो । भने किन्डर गार्टेनमा उर्तिणहरुलाई दिक्षित गरिएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्