पोर्टेज तथा पुनस्र्थापना संस्था नेपालको आयोजना, बनेपा नगरपालिकाको अनुदान सहयोगतथा शिक्षा सदन मा.वि.को सह आयोजनामा सीबीआर कार्यक्रम अन्तर्गत पहिलो एक दिने अपाङ्गता सम्बन्धी सचेतना अभिमुखीकरण सम्पन्न भएको छ । बनेपा नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका शाखा अधिकृत सपना ओलीज्यूको प्रमुख अतिथ्यतामा सञ्चालित कार्यक्रममा शिक्षा सदन मा.वि.मा अध्ययनरत विद्यार्थीहरू,शिक्षक लगायत ४५ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको उद्देश्य, औचित्य र पोर्टेज छिटो प्रतिरोधात्मक कार्यक्रम,यस कार्यक्रमको आबश्यक्ता, फाइदा, के हो भन्ने विषयमा प्रकाश पार्दै कार्यक्रमको संचालन संस्थाका निर्देशक मणिराज श्रेष्ठले गर्नुभएको थियो ।
कार्यक्रममा अपाङ्गताको परिभाषा, अपाङ्गता हुन सक्ने कारण तथा रोकथामका, अपाङ्गताको वर्गीकरणका बारेमा संस्था का प्राविधिक सहयोगी शान्तलाल श्रेष्ठले जानकारी गराउनुभयो । साथै अपाङ्गता भएका व्यक्तिहरूले पाउने सेवा सुविधा परिचयपत्र र संस्थाले सञ्चालन गरेको पोर्टेज छिटो प्रतिरोधात्मक शिक्षा कार्यक्रम (स्थापना देखि हालसम्म), घरमा आधारित प्रारम्भिक शिक्षा कार्यक्रम, समावेशी तथा बिशेष कक्षा, परामर्श सेवा, अपाङ्गता सम्बन्धि कार्यक्रम, प्रारम्भिक शिक्षा तथा बाल विकास, बिशेष बिद्यालयहरुमा प्राविधिक सहयोग, छात्राबास सेवा, पोर्टेज कार्यक्रम, समावेशी शिक्षा, बाल विकास शिक्षा, अपाङ्गता आदि विषयहरुमा स्थानिय देखि राष्ट्रिय स्तरका तालिम, गोष्ठिहरु, अपाङ्गता तथा समावेशी शिक्षा सम्बन्धि सचेतना कार्यक्रमहरु, अभिभावक तथा अपाङ्गता भएका व्यक्तिहरुलाई आय आर्जनका सीपमुलक तालिमहरु संचालन, आदिकार्यक्रमहरूको बारेमा संस्थाका सचिव बलराम दाहालले प्रकाश पार्नुभयो ।
कार्यक्रमको शुभारम्भ बनेपा नगरपालिका कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका शाखा अधिकृत सपना ओलीले गर्नुभयो । शुभारम्भका क्रममा उहाँले बनेपा नगरपालिका अन्तर्गत सिविआर कार्यक्रमको स्वीकृति बजेटमा सचेतना कार्यक्रम अन्तर्गत अपाङ्गता सम्बन्धी सचेतना कार्यक्रमका लागि पोर्टेज संस्था छनोट भएको बताउनुभयो । मन्तव्यकै क्रममा उहाँले अपाङ्गता भएका व्यक्तिलाई हेला होइन सकारात्मक व्यवहार गर्नुपर्ने र अपाङ्गता भएका व्यक्तिहरु पनि बौद्धिक क्षेत्रमा सफल भएका व्यक्तिहरु पनि भएको बताउनुभयो । यसै क्रममा शिक्षा सदन माविका प्रधानाध्यापक श्री लक्ष्मण दाहालज्यूबाट स्वागत मन्तव्य राख्नुभएको थियो । मन्तव्यका क्रममा अपाङ्गता कसैको रहरले हुँदैन त्यसैले बेलैमा सचेत हुनुपर्ने बताउनुभयो । अपाङ्गता भएका व्यक्तिलाई पनि समय र अवसर दिएमा उनीहरू पनि सक्षम हुन सक्ने बताउनुभयो । र अन्त्यमा कार्यक्रम सहभागी तथा उपस्थित सबैलाई संस्थाका सचिव श्री बलराम दाहालज्यूबाट धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन भयो ।
