बेलर इन्टरनेशनल एकेडेमी बनेपाको अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम तीन चरणमा भईरहेको छ । पहिलो चरणमा शुक्रबार जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमको प्रमुख आतिथ्यतामा कक्षा २–५ सम्मका विद्यार्थी÷ अभिभावकहरुलाई समाबेश गराईएको थियो । दोस्रो चरणमा शनिबार निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) का केन्द्रिय उप–महासचिव भिमसेन के.सी.को प्रमुख आतिथ्यतामा कक्षा प्ले–ग्रुप–१ सम्मका विद्यार्थी÷ अभिभावकहरु समाबेश भए । अब फागुन १६ गते तेस्रो चरणको कार्यक्रममा कक्षा ६–१० सम्मका विद्यार्थी÷अभिभावकहरु सहभागी हुने बेलर इन्टरनेशनल एकेडेमी बनेपा प्रिन्सिपल इन्दु थापाले जानकारी दिनुभयो । डेढ दशक पहिलेदेखि संचालनमा रहेको यस विद्यालयमा ३ हजार ५०० विद्यार्थी अध्ययनरत छन् । विद्यालयका अध्यक्ष भोला थापाले कार्यक्रममा सभापतित्व ग्रहण गर्दै फरक शैक्षिक बातावरण सृजना गरी दक्ष र क्षमतावान जनशक्ति तयार गर्न बेलर सदैव लागिरहने प्रतिबद्धता जनाउनुभयो । बेलर स्कुलका विद्यार्थीहरुले पाठ्यक्रमका साथै अतिरिक्त कृयाकलाप सगसंगै सञ्चालन गरिरहेका जिल्ला, प्रदेशस्तरीय प्रतियोगितामा पनि उत्कृष्टता हासिल गरिरहेका छन् ।एनसिसी लगायतका कार्यक्रम सञ्चालन गरिरहेको विद्यालयले आफ्नै फुटसल मैदान तयार गरेको छ भने क्रिकेट एकेडेमी पनि छिट्टै सञ्चालन गर्दैछ ।
