IMG-LOGO

बागमती स्कुलको २६ औं वार्षिकोत्सव तथा दिक्षान्त समारोह

 मंगल, फागुन ५, २०८२  --

               बागमती इङ्गलिस बोर्डिङ्ग स्कुलको २६ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा दिक्षान्त तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । बनेपा पार्टी भेन्यूमा शनिबार आयोजित कार्यक्रमको प्रमुख अतिथि शान्तिरत्न शाक्य हुनुहुन्थ्यो । विद्यालयको अध्यक्ष प्रताप वैद्यले स्वागत मन्तव्य दिदैं बागमती स्कुलले विद्यार्थीहरुको चौतर्फी बिकास, संस्कार सहितको सक्षम जनशक्ति उत्पादन गरेको बताउनुभयो । प्रमुख अतिथि शाक्यले संस्थागत विद्यालयहरु मध्ये बागमती स्कुलले शैक्षिक क्षेत्रको स्तर बिकासमा योगदान गरेको बताउनुभयो । प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल, वरिष्ठ उपाध्यक्ष सुजेन्द्र श्रेष्ठ, सचिव विमल न्यौपाने, प्याब्सन बनेपा अध्यक्ष महेन्द्र विस्ट, नेपाल पत्रकार महासंघ काभ्रे अध्यक्ष विनोद न्यौपाने, बनेपा वडा नं. ८ की अध्यक्ष शुभलक्ष्मी मानन्धर लगायतले मन्तव्य राख्नुभएको थियो । सामुदायिक रेडियो प्रशारक संघ काभ्रे संयोजक रमेशप्रसाद न्यौपाने छिमेकी विद्यालयका प्रिन्सिपलहरुको आतिथ्यता रहेको थियो ।

               विद्यालयका प्रिन्सिपल दिवेन्द्र बहादुर विस्टले बागमती बोर्डिङ्ग स्कुलले अभिभावक वर्गको चाहना अनुसार नयाँ प्रविधिको विकास, शैक्षिक गुणस्तर वृद्धिमा ध्यान केन्द्रीत गरी विद्यार्थीहरुको चौतर्फी विकास हुने शिक्षा प्रदान गरेको बताउनुभयो । उक्त समारोहमा ४८ जना विद्यार्थीहरु दीक्षित भएका थिए । गत शैक्षिक सत्रमा एसईईमा ३ दशमलभ ९८ जीपीए सहित उत्कृष्ट जीपीए सहित उतीर्ण हुनेहरुलाई सम्मान गरेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्