काभ्रे टाइम्सका प्रधानसम्पादक तथा प्रकाशक आर. एल. श्रमजीवीबाट लिखित कुरुपसिंहका प्रेमपत्र ‘भ्यालेनटाइन डे’ का दिन सार्वजनिक भएको छ ।
टिकटक र फेसबुकमा चर्चित हजुरआमा हरिमाई फुयाल र नाती बिक्रम फुयालले लोकार्पण गरेका हुन । प्रेमकी प्रतिमूर्ति,मायाकी खानी ,टिकटकमा चर्चित हजुरआमा र हजुरआमालाई सम्मानित गर्दै संसारमा हजुरआमा र नातीको यो अजम्वरी नाता स्थापित गर्ने मायालु नाती बिक्रम फुयालका हातबाट लेखकको दोस्रो कृति कुरूपसिँहको प्रेमपत्र सामान्य रूपमा सार्वजनिक भएको हो ।
यो पुस्तक २०५६ देखि २०८१ सम्म ‘भ्यालेनटाइन डे’ का अवसरमा कुरूपसिहका नामबाट लेखिएका १६ चिठ्ठीलाई छानेर छिटोटेक प्रा. लि. बनेपाले प्रकाशनमा ल्याएको हो । ‘भ्यालेनटाइन ड’े फागुन २ देखि यो पुस्तक बजारमा गएको छ ।
